भारतीय अभिनेता सलमान खानलाई नेपालमा ल्याउने दोस्रो प्रयाससँगै यसबारे विभिन्न टिका(टिप्पणीहरु सुरू भएका छन् । धेरैलाई विप्लव नेतृत्वको नेकपाले यसपालि के गर्ला भन्ने चासो छ ।
यसअघि २०७४ सालमा सलमानलाई ‘दबंग टूर’ का लागि नेपाल ल्याउने पहिलो प्रयास भएको थियो । तर, विप्लव समूहको थ्रेटका कारण अन्तिम समयमा कार्यक्रम स्थगित गरियो । अहिले विप्लवको पार्टी नेकपा हिं साको राजनीति त्यागेर मुलधारमा आएको छ । के यस पार्टीले सलमानको टूर रोक्न कुनै कदम चाल्छ रु
विप्लव नेकपाको जनसांस्कृतिक महासंघका महासचिव खेम थपलियाले सामाजिक सञ्जालमा आज थोरै संकेत गरेका छन् । ‘भारतीय सांस्कृतिक साम्राज्यवादविरुद्ध फेरि पनि एकपटक लडाइँ लड्नुपर्ने भएको’ उनको चेतावनी छ ।
फेसबुकमा थपलियाले लेखेका छन्, ‘कलाकार सलमानहरूले फेरि एकपटक सोच्दा राम्रो ।’
एक मिडियासँग थप कुराकानी गर्दै उनले सलमानको कार्यक्रम हुन नदिइने दाबी गरे । यो कार्यक्रमलाई नेपालमाथिको सांस्कृतिक हम लाका रूपमा व्याख्या गर्दै उनले पार्टी चुप नबस्ने प्रतिक्रिया दिए ।
थपलिया भन्छन्, ‘सलमान खान लोकप्रिय कलाकार हुँदाहुँदै पनि यो कार्यक्रम नेपाली कला(संस्कृतिविरुद्धको अति क्रमण हो । भारतीय कलाकार नै सर्वश्रेष्ठ छन् भन्ने सन्देश दिने किसिमले कार्यक्रमको ढाँचा निर्माण गरिएको छ । यसको विरुद्धमा हामी उत्रिन्छौं ।’
अमेरिकाका डोनाल्ड ट्रम्पले ‘अमेरिकन फर्स्ट’ भनेजस्तै भारतका नरेन्द्र मोदीले ‘भारत सर्वश्रेष्ठ’ भनेर कमजोर राष्ट्रविरुद्ध प्रभूत्व लाद्न खोजेको उनले बताए । दबंग टूर यही अवधारणाको उपज भएको उनको भनाइ छ ।
‘यो सामाजिक, सांस्कृतिक, आर्थिक कुनै दृष्टिले नेपालको हितमा छैन । राष्ट्रियताको दृष्टिले लज्जास्पद छ । यस्तो कार्यक्रमको विरुद्धमा फ्रन्टलाइनमा उभिएर लडिन्छ,’ उनले भने ।
यस विषयमा पार्टीमित्र र जनसांस्कृतिक महासंघमा छलफल हुने पनि थपलियाले जानकारी दिए ।
‘अहिले जारी केन्द्रीय समिति बैठकमा छलफल होला । सांस्कृतिक महासंघको वैठक राखेर पनि छलफल गरिन्छ । सरकार र अन्य राजनीतिक दलसँग पनि आवश्यक पहल गर्नेछौं,’ उनले भने ।
उनलाई सोधियो, ‘विगतमा भूमिगत राजनीति गर्दा तपाईंहरूसँग सबै डराउँथे, अब त्यस्तो अवस्था छैन । के तपाईंहरूले भन्दैमा कार्यक्रम रोकिएला रु’
थपलियाले जवाफ दिए, ‘अहिले खुलारूपमा हुँदा झन् हामीलाई विरोध गर्न सजिलो हुन्छ । हामी सबै खाले मोर्चाबाट यो कार्यक्रम रोक्न दबाब दिनेछौं ।’
यदि कार्यक्रम गर्ने भए यसको मोडालिटी पूरै बदल्नुपर्ने उनको भनाइ छ ।
‘भारतीय कलाकार आउने, अनि यहाँबाट नेपालीको पैसा सोहोरेर लैजाने कुरा ठिक छैन । यदि नेपाली कलाकारहरु नै राखेर कार्यक्रम गरिएको भए विरोध हुन्थेन । विदेशी कलाकार आएर नाच्ने, अनि हाम्रा भाइबहिनी, छोराछोरीलाई र क्सीको बोतल छापेको टिशर्ट लगाएर मातृभूमिको छातिमाथि उफार्न त कहाँ दिन्छौं र रु उनले भने ।
मन्त्रीले राष्ट्रिय बेइज्जत गरेको आरोप
पर्यटनमन्त्री प्रेम आलेले भारतीय अभिनेता सलमान खानसँग गरेको भर्चुअल संवादको पनि थपलियाले आलोचना गरे । विदेशी हिरोको पोस्टर पछाडि राखेर चाकडी शैलीमा कुरा गर्नुले देशकै बेइज्जत भएको उनको टिप्पणी छ ।
उनले भने, ‘मन्त्रीको प्रस्तुतिले राष्ट्रिय बेइज्जत भएको छ । मन्त्रालयको एउटा अफिसरलाई कुरा गर्न लगाएको भए भइहाल्थ्यो । उहाँले पदीय मर्यादा बिर्सिएर अस्वभाविक तवरले प्रस्तुत हुनुभयो ।’
अघिल्लोपटक के भएको थियो रु
भारतीय अभिनेता सलमान खान ‘द दबंग टूर’ का लागि ११० जनाको दलबलसहित २०७४ सालमा नेपाल आउन लागेका थिए । सलमानसहित सोनाक्षी सिन्हा, प्रभु देवा, मनिष पलसहितको टोलीले २०७४, फागुन २६ गते दशरथ रंगशालामा प्रस्तुति दिने कार्यक्रम थियो ।
तर, विप्लव माओवादीको विरोधपछि कार्यक्रम विथोलियो । सुरक्षा थ्रेट देखाउँदै सलमानले कार्यक्रममा नआउने सन्देश पठाए । आयोजक ओडीसी इन्टरनेटमेन्टले ५ हजार टिकट बेचिसकेको र सलमानको टिमलाई ५ करोड रूपैयाँ अग्रिम भुक्तानी गरिसकेपश्चात कार्यक्रम स्थगित गरेको थियो । स्थगनपछि दुईपटक मिति सरे पनि कार्यक्रम हुन सकेन । त्यसबेला ओडीसीले १० करोड रुपैयाँ घाटा व्यहोरेको बताइएको छ ।
अहिले पनि ओडीसी इन्टरटेनमेन्टले नै कार्यक्रम गर्न लागेको हो । आउँदो जेठ १६ गते दशरथ रंगशालामा नै सलमानको कन्सर्ट राखिएको छ । कन्सर्टका लागि ५ हजारदेखि २५ हजार रूपैयाँको चर्को टिकट मूल्य तोकिएको छ । यसै कार्यक्रमको सन्दर्भमा हिजो पर्यटनमन्त्री आलेले सलमानसँग भर्चुअल संवाद गरेका थिए ।
मन्त्री आले र सलमान खानबीच भर्चुअल कुराकानी, सगरमाथा आरोहणको निम्तो
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेले बलिउड अभिनेता सलमान खानसँग भर्चुअल संवाद गरेका छन्। बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री आलेले अभिनेता सलमानको ‘दबङ रिलोडेड टुर’ बारे भर्चुअल छलफल गरेका हुन्।
आगामी जेठ १४ गते दशरथ रंगशालामा आयोजना हुने कार्यक्रमका लागि उनले सलमानलाई नेपालमा स्वागत गर्न आतुर रहेको बताए। यसअघि पनि नेपाल आउने निम्तो पाएको भए पनि समय नमिलेको र यसपटक भने नेपाल आउने सलमानले बताएका थिए। उनले नेपाल आउन आफू निकै उत्साहित भएको बताए।
त्यस्तै मन्त्री आलेले कुराकानीका क्रममा सलमानलाई नेपालको पर्यटन प्रवर्द्धन गर्नसमेत आग्रह गरेका थिए। उनले सलमानलाई सगरमाथा आरोहणको निम्तोसमेत दिएका थिए। करिब १० मिनेट लामो कुराकानीमा मन्त्री आलेले आफू खानको फ्यान भएको बताएका थिए।
मन्त्रीको आलेको उक्त प्रस्तावलाई सलमानले नेपाल सुन्दर देश रहेको र पर्यटन प्रवर्द्धनमा आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाए। ‘दबङ रिलोडेड टुर’का लागि ओडिसी इन्टरटेनमेन्टले सलमानलाई नेपाल ल्याउन लागेको हो ।

