गृहमन्त्री बालकृष्ण खाँण आउने भएपछि तीन वर्षदेखि अलपत्रमा रहेको सप्तरीको सडक हतारहतारमा मर्मत गरिँदै छ ।
बोदेबर्साइन नगरपालिकाको दुई पुलको उद्घाटन गर्न गृहमन्त्री खाँण आउने भएपछि हुलाकी सडक बोदेबर्साइन बजारअन्तर्गत लगभग एक सय मिटर सम्पन्न हुन नसकेको सडकको मर्मत गर्ने कार्य हतारमा भइरहेको हो ।
बोदेबर्साइन नगरपालिका(५ मा रहेको खडक नदी पुल, वडा नम्बर ३ कुश्मुहारको पुल र बलान बिहुल गाउँपालिका(१ मा रहेको बलान नदीको उद्घाटन गर्न गृहमन्त्री खाँण आउन लागेका हुन् ।
यही बाटोबाट प्रमुख अतिथि, विशिस्ट अतिथि र अन्य अतिथिहरूको पनि आगमन हुने भएकोले सडक मर्मत गर्ने कार्य हतारमा गरिन लागिएको स्थानीय उमेश साहले बताए।
दुईजना मन्त्रीले पार्टी छाड्ने चर्चा भ्रम मात्रै स् माधव नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीबाट मन्त्री बनेका दुईजना मन्त्रीले पार्टी छाड्ने चर्चा भ्रम मात्रै भएको बताएका छन् ।
केही समययता श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेम आले नेकपा ९एमाले०मा फर्किने चर्चा चल्दै आएको छ ।
एकीकृत समाजवादी तनहुँले शनिबार आँबुखैरेनीमा आयोजना गरेको पालिकास्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो दाबी गरेका हुन् । पार्टीलाई बलियो र सुदृढ बनाउनुपर्नेमा जोड दिँदै उनले आफ्नो जनताको आकर्षण बढेकाले यसलाई कायम राख्नुपर्ने बताए ।
उनले पार्टीलाई असल कम्युनिस्ट पार्टी बनाउने एक मात्र लक्ष्य रहेकाले सोही लक्ष्यमा हिँड्न सबैलाई अनुरोध गरे । आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी गाउँगाउँ पुगेर पार्टीका बारेमा प्रचार गर्न अध्यक्ष नेपालले आग्रह गरे ।

