पूर्व मन्त्रीसमेत रहेका नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहविरु’द्ध पार्टीमा उजु’री परेको छ। केन्द्रीय सदस्य रेखाकुमारी झाले साहविरु’द्ध उ’जुरी दिएकी हुन्।
झाले रौतहट जिल्ला अधिवेशनका सन्दर्भमा उजुरी दिएकी हुन्। असहमतिको सम्बन्ध’मा भनिएको उनको पत्रमा अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरिएको छ।
‘प्रस्तुत राजनीतिक प्रति’वेदनमा उल्लेखित बाँकी प्रगति र उद्देश्यमा सहमति जनाउँदाजनाउँदै पनि रौतहट जिल्लाको संगठनात्मक सुदृढीकरणको सन्दर्भमा मेरो तर्फबाट असहमति जाहेर गरी प्रस्तुत गर्दछु’, झाले भनेकी छन्।
पत्रमा उनले रौतहट जिल्ला अधिवेशनमा हलले अनुमोदन नगरेकाहरुलाई साहले शपथ खुवाएकोमा नि’न्दा गरेकी छिन्। पत्रमा भनिएको छ, ‘रौतहट जिल्ला अधिवेशन हल सम्पूर्णले गरेको विरो’ध र असहमतिका बाबजुद हलले अनुमोदन नै नगरेको जम्मा पाँच जना पदाधिकारीलाई मध्यरातमा नेता कमरेड प्रभु
साहको नेतृत्वमा अज्ञा’त स्थलमा लगि शपथ खुवाइएको कार्यको घो’र नि’न्दा गर्दै तमाम इमानदार यो’द्धा कमरेडहरुको उच्च आत्मबललाई निराशामा परिणत नगरी दिनुहुन केन्द्रीय अध्यक्ष कमरेडलाई आग्रह गर्न चाहन्छु।’
साथै, मधेस प्रदेश कमिटी अध्यक्षको राजनीतिक प्रतिवेदनमा उल्लेखित रौतहट जिल्ला अधिवेशन सम्पन्न भन्ने विषयमा आपत्ति जनाउँदै उक्त प्रतिवेदन सच्याउन उनले माग गरेकी छन्।

