नाबालिगको बला;त्कार गरेको अभियोग लागेका पल शाह र कृष्ण जोशीबारे जारी थुन;छेक बहसमा पीडितको तर्फबाट बहस गर्दै अधिवक्ता मोहना अन्सारीले नायकको छवि बनाएकाले गरेको अप;राधलाई अदालतले थप गम्भी;र रूपमा लिनुपर्ने तर्क गरिन्।
बुधवार पीडितको तर्फबाट जिल्ला अदालत तनहुँमा बहसका क्रममा उनले समाजमा प्रभावशाली छवि बनाएका पल शाह जस्ता व्यक्तिले जसरी नाबालिग हो भन्ने जान्दाजान्दै ललाइफकाई गरेर बला’त्कार गरेका छन् यदि उनले उन्मुक्ति पाउने हो भने समाजमा त्रा’स फैलने तर्क समेत गरिन्।
उनले चलचित्रमा नायकको छवि बनाएकाको खल=नायक छविलाई अदालतले स्वीकार गर्नुपर्ने भन्दै उनका म्यानेजर जोशीले एक ना’बालिगलाई ब’लात्कारका लागी सहज वातावरण बनाउन सघाएकाले उनला’ई समेत कडा सजाय हुनुपर्ने माग राखेकी थिइन्।
अभियुक्तको बयान र प्राप्त प्रमाणहरूले शाहले नाबालिगलाई कर-णी गरेको पुष्टि हुने भन्दै उनले यस्तालाई तारे-ख वा ध-रौटीमा छाड्दा समाजमा गलत सन्देश जाने भन्दै दुवै जनालाई पुर्प9क्षमा राखेर मु-द्दा प्रक्रिया अगाडि बढाउन माग गरेकी थिइन्।
अधिवक्ता राधिका खतिवडाले ब\लात्कार सम्बन्धी सर्वोच्च अदालतले प्रतिपादन गरेका ११ नजिर पेस गर्दै नाबालिगको केसमा अदालतले के(केलाई प्रमाण मान्ने, केलाई नहेर्ने भन्ने उदाहरणसहित बहस गरेकी थिइन्।
पीडितको पक्षबाट जिल्ला महान्यायाधिवक्ता रामचन्द्र शर्मा र अधिवक्ता सरिता तिवारीले समेत बहस गरेका थिए। शाहको पक्षका अधिवक्ताहरूले शाह निर्दोष रहेको दाबी गर्दै धरौ\टीमा छाड्न माग गरेका थिए।
इजलासमा पल शाहले प्रहरीमै दिएको बयान दोहोर्याएका थिए भने जोशीले भने प्रहरीले करकापमा बयान गर्न लगाएको दाबी गर्दै पल शाह नि’र्दोष रहेको, उनले महिलाको सम्मान गर्ने गरेको र नाबालिगसँगको सम्बन्धबारे आफूलाई केही जानकारी नभएको दाबी गरेका थिए।

