बला’त्कार अभियोगमा नायक पल शाहलाई पु’र्पक्षका लागि थु’नामा पठाउने जिल्ला अदालतको आदेशविरु’द्ध उनी पक्षले उच्च अदालतमा निवेदन दिने भएको छ।
केही दिनभित्रै उच्च अदालत पोखरामा निवेदन दिने पल शाहका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले बताए। पल शाहलाई धरौ’टीमा रि’हा गरेर मु’द्दाको पु’र्पक्ष गर्नुपर्ने माग उनीहरुले उच्च अदालतमा गर्ने भएका छन्।
‘फौ’जदारी कार्यवि’धिसंहिताको दफा ७३ अन्तर्गत हामी आज हामी नक्कल प्रमाणित गरेर लिन्छौँ। लिइसकेपछि निवेदन तयार गरेर एक दुई दिनमै जान्छौँ’, वाग्लेले भने।
यसअघि बहसका क्रममा पनि उनीहरुले पीडितको उमेर, पीडितको जा’हेरी र शारीरिक परीक्षण गर्दाका कुरा बाझिएको, घटनापछि पनि उनीहरु लामो समयसँगै रहनु जस्ता विषयले बला’त्कार नभएको पुष्टि गर्ने जिकिर गरेका थिए।
पल शाहलाई फसा’उन खोजेको अडियोबाट पनि सार्वजनिक भइसकेकाले शाहलाई थु’नामै राखेर पुर्प’क्षन गर्नुपर्ने अवस्था नरहेको उनी पक्षका कानु’न व्यवसायीको जिकिर छ।
यसअघि बिहीबार जिल्ला अदालतले शाहलाई पु’र्पक्ष’का लागि का’रागार पठाउने र उनका म्यानेजर कृष्ण जोशीलाई एक लाख रुपैयाँ धरौ’टीमा छाड्न आदेश दिएको थियो। जोशी भने बिहीबार नै ध’रौटी बुझाएर रि’हा भएका छन्।

