नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले माओवादी जनयु’द्धबाट प्राप्त उपलब्धि खोस्ने प्रयास भए आ’न्दोलन गर्ने चेतावनी दिएका छन्।
बारपाक सुलीकोट गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन समारोहमा बोल्दै उनले माओवादीलाई देशभरिबाट बढार्ने ष’ड्यन्त्र भइरहेकाले पुनः आ’न्दोलनको तयारीमा लाग्न कार्यकर्ताहरूलाई आग्रह गरे।
‘कांग्रेस र एमाले मिलेर नयाँ गठनबन्धन बनाउने र माओवादीलाई देशभरिबाट बढार्ने षड्य’न्त्र गरिएको थियो। अनेक बुद्धि लगाएर उनीहरूको त्यो सपना चकनाचुर बनाइयो,’ उनले भने। बाह्रबुँदे भनेको टेक्ने थलो मात्र हो भन्दै उनले भोलिका दिनमा धोका भएमा त्यसैमा टेकेर आन्दोलन गर्ने चेतावनी दिए।
‘बाह्रबुँदे भनेको टेक्ने थलो हो। भोलि बेइमानी भयो भने त्यसैमा टेकेर आन्दोलन गर्छौं। प्रतिक्रियावादी, प्रतिक्रा’न्तिकारीहरूले माओवादीलाई सिध्याउन धेरै कोसिस गरिरहेका छन्,’ उनले भने, ‘यो अहिलेको सिस्टम माओवादीले ल्याएको सिस्टम हो।
यो देशका सबै उत्पीडित, दलित, गरीब, महिला जनजाति, आदिवासीलाई अधिकार दिलाएको माओ’वादीले हो। यसलाई खोस्न खोजियो भने माओवादी अर्को ल’डाइँ ल’ड्न तयार छ।’
उनले थपे, ‘हामीले अहिले हतियार उठाउने कुरा गरिरहेका छैनौँ। आजकल लडाइँको नयाँ तरिका छ, ‘कलरफूल रिभोलुसन’। अर्थात् रंगीन क्रा’न्ति। यसको अर्थ हो, देशैभरबाट सबै जाति, क्षेत्र, धर्म, वर्ग, लिंगका जनता सबै सडकमा आउने क्रान्ति।’
आसन्न चुनावलाई माओवादीले चुनावका रूपमा मात्र नभई युद्धका रूपमा लिएको उनले बताए। ‘अरूका लागि सामान्य निर्वाचन जस्तै होला। तर, माओवादी केन्द्रको निम्ति यो निर्वाचन मात्र होइन।
योे त हाम्रा महान सहिद, बेप’त्ता यो’द्धाहरू, घाइते, अपांगता भएका लाखौंलाख जनताका सपनाहरू सफल पार्ने लडाइँ हो,’ उनले भने। गणतन्त्र, संघीयता लगायतका उपलब्धि खोस्न देशी र विदेशी शक्ति लागिपरेका उनले आरोप लगाए।
४ करोड ९५ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको सो भवनको २०७५ फागुन १४ गते दाहालले नै शिलान्यास गरेका थिए।

