नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बनाईएको बंकरभित्र बसेर विगतमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति र प्रधानसेनापतिसँग गोप्य वार्ता गरेको आरोप लगाउनुभएको छ ।
बालुवाटारमा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासँग पनि भेटेर सेटि’ङमा संसद विघ’टन गरिएको नेपालले बताउनुभयो ।
आइतबार पार्टी निकट पत्रकारहरुलाई काठमाडौंमा सम्बोधन गर्दै नेपालले प्रधानसेनापति र राष्ट्रपतिसँग धेरै गो’प्य बैठक गर्दै ओलीले मुलुकलाई बंगलादेश मोडलमा लैजान चाहेको आरोप समेत लगाउनुभयो ।
तत्कालीन प्रधानन्यायाधीश राणासँग स्थानीय चुनावमा कुन न्यायाधीश र कुन प्रहरीलाई कहाँ खटाउने भन्नेसम्मको गृहकार्य गरेको नेपालको भनाइ छ ।
माओवादी अध्यक्ष दाहाल र गृहमन्त्री खाँणबीच भेटवार्ता
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग गृहमन्त्री बालकृष्ण खाँणले आज बिहान भेटवार्ता गर्नुभएको छ ।
गृहमन्त्री खाँणले दाहाल निवास खुमलटार पुगेर भेटवार्ता गर्नुभएको हो । उहाँहरुबीच स्थानीय तहको निर्वाचन तयारी र समसामयिक राजनीति विषयमा छलफल भएको गृहमन्त्री खाँणको सचिवालयले जनाएको छ । आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन तय गरिएको छ ।
सत्ता गठबन्धनबीच चुनावी तालमेलको प्रयास भईरहेको छ भने बाम गठबन्धनका लागि पनि पहल भईरहेका छन् ।

