कपा माओवादी केन्द्रले बीआरआई अन्तरगतका परियोजना अघि बढाउन पहल गर्ने प्रतिबद्धता जनाएको छ।
नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीसँग आइतबार होटल मेरियटमा भएको भेटवार्तामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सो प्रतिबद्धता जनाएका हुन्।
छलफलमा सहभागी माओवादी केन्द्रका नेता शक्ति बस्नेतका अनुसार नेपाल चीन दुई मुलुक र पार्टीबीचको सम्बन्ध सुदृढीकरण, बीबआरआईअन्तरगतका परियोजना अघि बढाउन माओवादी केन्द्रले पहल लिनेबारे छलफल भएको हो।
यस्तै प्रचण्डले नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता पनि व्यक्त गरेको नेता बस्नेतले जानकारी दिए।
त्यस्तै एक चीन नीतिमा नेपाल अडिग रहेको पनि उनले बताए।
ओली(-वाङ यी भेटवार्ता : बीआरआईअन्तर्गतका परियोजना अघि बढाउन चीनलाई आग्रह
नेकपा (एमाले) ले बेल्ट एण्ड रोड इनिसियटिभ अवधारणासँग जोडिएका सडक, रेल, सिँचाइ, शिक्षा र स्वास्थ्यका परियोजनालाई अगाडि बढाउन चीन सरकारलाई आग्रह गरेको छ ।
नेपालको तीन दिने भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री एवं राज्यपरिषद् सदस्य वाङ यीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेटका क्रममा सो आग्रह गरिएको हो ।
एमाले नेता राजन भट्टराईका अनुसार आजको भेटवार्तामा कोरोनाका कारण प्रभावित भएका चीनका विभिन्न विश्वविद्यालयमा अध्ययनका क्रममा रहेका नेपाली विद्यार्थीलाई सहजरूपमा फर्कने वातावरण बनाइदिन पनि आग्रह गरिएको छ ।
कोरोना कहरका समयमा चीन सरकारका तर्फबाट नेपाललाई उपलब्ध गराइएको सहयोगप्रति एमालेले धन्यवाद दिएको थियो । तातोपानी र रसुवागढी नाकाको नियमित सञ्चालनका लागि एमालेले चिनियाँ विदेशमन्त्री वाङलाई आग्रह गरेको थियो ।
ओलीको आग्रहलाई विदेशमन्त्री वाङले सकारात्मक रूपमा लिँदै नेपालको विकास र समृद्धिका लागि सहयोग गर्न आफूहरु तयार रहेको बताएका छन् ।
बीआरआईलगायतका परियोजनासँग जोडिएका विषयलाई अगाडि बढाउन र त्यसलाई नियमित गर्न चीन सरकारका तर्फबाट सहयोग रहने विदेशमन्त्री वाङले प्रतिबद्धता जनाए ।
भेटवार्तामा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेललगायत नेताको सहभागिता थियो ।

