शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडलले पदकै लागि बादलहरू एमालेमा गएको आरोप लगाएकबा छन् । नेकपा माओवादी केन्द्र जैमिनी नगरपालिका बागलुङले आइतबार आयोजना गरेको राजनीतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रममा पौडेलले यस्तो बताएका हुन् ।
‘बादल, टोपबहादुरलाई पार्टीले सरकारमा पठाएको थियो,’ मन्त्री पौडेलले भने, ‘पार्टीलाई धोका दिइ पदकै लागि एमालेमा जानुभयो, अहिले माओवादीलाई सराप्दै हुनुहुन्छ ।’
उनले आगामी स्थानीय तहको चुनावमा गठबन्धनको प्रयास भइरहेको बताउँदै पहिले आफू मजबुद हुनपर्ने बताए । ‘आफ्नो उम्मेदवार तयार गरी अघि बढ्ने कुरापहिलोहो,’ मन्त्री पौडेलले भने, ‘आफ्नो पार्टी मजबुद भएपछि अन्यदल गठबन्धन गर्न आउँछन् ।’
देशको परिर्वतनका लागि माओवादीले दुःख, कष्ट र त्याग गरेको बताउँदै देशमा प्राप्त उपलब्धीलाई संस्थागत गर्न गठबन्धन गरेको बताए । माओवादीको लामो संघर्षपछि आएको परिर्वतनमा अन्य पार्टीले रजाइँ गरेको उनको भनाई थियो ।
‘माओवादीको योगदानमा देशमा समानुपातिक प्रतिनिधित्व लगायत थुप्रै उपलव्धी भए, उपलव्धीहरु गुम्ने खतरा आएपछि गठबन्धनको आवश्यकभयो’ मन्त्री पौडेलले भने,
‘माओवादीकै उपलव्धीमा टेकेर माओवादीलाई नै गाली गर्नेहरुको कमी छैन, संविधानता जनप्रतिनिधले कुँ गर्न मिल्दैन दुई–दुई पटक संविधानमिचेर संसद अन्तयगर्नेले उल्टै ठूला कुरा गरेको सुहाउदैन ।’