पूर्व प्रधानमन्त्री जनता समाजवादी पार्टी नेपाल (जसपा) का संघीय परिषद्का अध्यक्ष डा।बाबुराम भट्टराई स्थानीय तहको चुनावमा मेयर पदमा उम्मेदवारी दिन सकिने कुरा बाहिरिएपछि केन्द्रदेखि जिल्लासम्म त्यसले एक किसिमको तरंग पैदा गरेको छ ।
केही दिनअघिअध्यक्ष डा भट्टराईले आफ्नो ट्वीटरमा लेखे, ‘प्रधानमन्त्री भएको मान्छे मेयर बन्न गजबले मिल्छ १ फ्रान्सका पूर्व प्रम एडवर्ड फिलिप अहिले त्यहीँका ली हार्भे नगरका मेयर छन् ।
म सधैं साथीहरूलाई भन्ने गर्छु, जीवनमा जनताका लागि केही सार्थक काम गर्ने मन छ भने सांसद ताक्ने हैन, आफ्नो पालिकाको प्रमुख÷मेयर बन्नोस् १ कसैले सुने पो १ हाम्रो संस्कार जो छ १’ यस्तो लेखेपछि अध्यक्ष डा भट्टराई मेयरमा उठ्ने चर्चा सुरु भएको हो ।
मेयर उठ्ने कुरा बाहिरिएपछि उनको गृह जिल्लामा पनि अहिले यो विषय चर्चाको विषय बनेको छ । प्रधानमन्त्री भइसकेका व्यक्ति मेयरमा कसरी चुनाव लड्छन्, के साँच्चै नगरपालिकामा मेयरमा चुनाव लड्छन् त रु लड्छन् भने जित्छन् कि जित्दैनन् जस्ता जिज्ञासा जिल्लामा सुन्न पाइन्छ ।
तर अध्यक्ष भट्टराई मेयरमा उठ्ने सम्भावना न्यून छ । उनकै पार्टीका प्रचार विभागका प्रमुख डम्बर खतिवडा भन्छन्, ‘बाबुरामजी मेयरमा चुनाव लड्नु हुन्न, उहाँले बहसका लागि यो कुरा ल्याउनु भएको हो ।
बाहिर विदेशतिर यस्तो हुने गरेको छ, नेपालमा किन नगर्ने भन्ने उहाँको कुरा हो । उहाँले सैद्धान्तिक कुरा मात्र गर्नु भएको छ ।’ चुनाव लड्ने अध्यक्ष भट्टराईको उमेर पनि छैन, काठमाडौं महानगरपालिकामा मतदाता नामावलीमा उनको नाम पनि छैन । पालुङ्टार नगरपालिकामा गएर अब यो उमेरमा चुनाव लड्ने अवस्था पनि नरहेको बताउँदै उनले सैद्धान्तिक रुपमा बहसका लागि मात्र यो कुरा ल्याइएको बताए ।
तर जिल्लामा हुने यस्ता चर्चाको बारेमा पार्टी सदस्यहरुले अध्यक्ष भट्टराईसँग नै जिज्ञासा राखेका छन् । जसपा नेपाल गोरखाका जिल्ला अध्यक्ष यानप्रसाद भट्टले पार्टी अध्यक्ष भट्टराई मेयरमा उठ्ने कुरा बाहिरिएपछि जिल्लामा त्यसको व्यापक चर्चा सुरु भएको बताए ।
अध्यक्ष भट्टराई पालुङ्टारको मतदाता भएको हुनाले यहीबाट चुनाव लड्ने हो कि भनी धेरैको जिज्ञासा छ । यस विषयमा अध्यक्ष भट्टराईसँग आफूले जिज्ञासा राख्दा उनले ‘विदेशमा यस्तो भएको छ, काम जहाँबाट पनि गर्न सकिन्छ, माथिल्लो तहका कोही व्यक्ति तल चुनाव लडेर केही गर्न चाहे भने त्यसले सकारात्मक सन्देश जान्छ’ भन्नुभएको अध्यक्ष भट्टले बताए ।
‘माथि पुगिसकेको व्यक्ति तल झर्नु हुँदैन भने होइन । काम गर्ने मान्छेले जहाँबाट पनि गर्न सक्छ । त्यसैले प्रधानमन्त्री भइसकेका व्यक्ति मेयरमा उठ्नु हुँदैन भने होइन, उठ्न सकिन्छ’ उहाँले भनेको अध्यक्ष भट्टले बताए ।
‘मेयरमै उम्मेदवारी दिनुहुन्छ जस्तो मलाई पनि लाग्दैन तर यो पार्टीको कुरा हो, उहाँ उम्मेदवार बन्नुभयो भने हामी स्वागत गर्छौं,’ भट्टले भने, ‘उहाँसँग कुरा हुँदा सैद्धान्तिक कुरा मात्र गर्नुभयो, चुनावै लड्छु भन्नुभएको छैन तर आन्तरिक तयारी के छ, त्यो मलाई थाह भएन ।’
पालुङ्टार नगरपालिकाका जसपा अध्यक्ष रमेश पोखरेलले भने, ‘बाबुराम भट्टराई जस्तो व्यक्ति हाम्रो नगरपालिकाबाट चुनाव लड्नु भनेको हाम्रो लागि गर्वको कुरा हो । तर उहाँ लड्नु हुन्छ जस्तो लाग्दैन, मिडियाले यो विषयलाई बढी चर्चामा ल्याएको मात्र हो ।’ नेपालमा पनि यो सुरुवात गर्नुपर्छ भनाई उनको रहेको पोखरेलको बुझाई छ ।
भट्राई अन्तराष्ट्रिय स्तरको नेता भएकाले उनले बोलेको कुरा चर्चामा आउनु सामान्य कुरा हो, पोखरेलले भने, ‘डाक्टर साबको गृह जिल्ला भएको कारण यहाँ चर्चा नहुने कुरै हुँदैन । यहाँ पनि धेरै मान्छेमा चासो रहेको छ तर उहाँ नगरपालिकामा चुनाव लड्नु हुन्छ जस्तो लाग्दैन ।’