नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आउँदो ३० वैशाखमा हुने स्थानीय निर्वाचनमा सहभागिता नजनाउने भएको छ ।
कपिलवस्तुको शिवगढीमा जारी केन्द्रीय कमिटी बैठकमा चुनावलाई उपयोग गरेर जानुपर्ने प्रस्तावमाथि छलफल भएपछि सो पार्टी यस्तो निर्णयमा पुगेको हो ।
एक नेताका अनुसार महासचिव विप्लवको उक्त प्रस्तावमाथि छलफल हुँदा तत्काल पार्टी नै संस्थागत रूपमा चुनावमा नजाने निर्णयसहित विप्लवको प्रस्ताव परिमार्जन गर्दै अनुमोदन गरिएको हो ।
ती नेताले भने, ‘पार्टी निर्वाचन आयोगमा दर्ता गरेर तत्काल स्थानीय चुनावमा नजाने भन्ने छ, हामी चुनावको विरोधी पनि होइनौं । त्यसैले एजेण्डा मिल्नेहरूलाई समर्थन गर्न पनि खुला नै छाडेका छौं ।’
विप्लव चुनावमा जानुपर्ने पक्षबाट पछि हटेपछि तत्काललाई नेकपा विभाजन हुनबाट पनि जोगिएको छ ।
रोल्पाले ध्वं श मात्र होइन, निर्माण पनि गर्न सक्छ – प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोल्पाले ध्वं’शमात्र होइन, निर्माण पनि गर्न सक्ने बताएका छन् । रोल्पा नगरपालिकामा बनेको भ्युटावरको सोमबार उद्घाटन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
उनले भने, ‘माओवादी युद्धको ऐतिहासिक रोल्पा अशान्तिमात्र होइन, ध्वं’श मात्र पनि होइन, निर्माण पनि गर्न सक्छ । यो भ्यूटावरसहितले देखाएको छ । सहिदलाई स्मरण गरेर काम गर्नुहोस् । रोल्पा माओवादी यु’द्ध संग्रहालय बन्न सक्छ।’
रोल्पाको विकास र समृद्धिका लागि आफूले सकेको सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता छ ।