नेपाली कांग्रेसले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा काठमाडौंसहित मुलुकका ६ वटा महानगरपालिकामा सत्ता गठबन्धन दलहरूसँग तालमेलको तयारी गरेको छ।
कांग्रेसले स्थानीय तह निर्वाचनमा गठबन्धन दलहरूसँग तालमेल गर्नेसहितका विषयमा छलफल गरी निर्णय लिन यही चैत ११ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ।
काठमाडौं, ललितपुरलगायतका ६ वटा महानगरपालिकामा गठबन्धन दलहरूबीच भागबण्डा गर्ने र बाँकी स्थानीय तहमा स्थानीय आवश्यकताका आधारमा निर्णय गर्नेगरी पार्टीका तल्लो तहलाई नै अधिकार प्रत्यायोजन गर्ने तयारी कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहितका नेताको रहेको स्रोतको दाबी छ ।
स्थानीय तह निर्वाचनमा महानगरपालिकासहित मुख्यमुख्य ठाउँमा चुनावी तालमेल हुने जानकारी दिँदै कांग्रेसका एक पदाधिकारीले भने, ‘महानगरपालिकामा भागबण्डा गर्ने र अन्य स्थानीय तहमा स्थानीय आवश्यकताका आधारमा तालमेल गरेर अघि बढ्ने निर्णय बैठकले गर्नेछ।
आजको नागरिक दैनिकमा समाचार छ ।
वाम एकताको प्रसंग चलिरहेका बेला माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ सुटुक्क चीन गए
नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ चीन गएका छन्। शुक्रबार माओवादी केन्द्रका नेता वर्षमान पुन ९अनन्त० र पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्तीसहित गुरुङ पनि कार्गो जहाजमार्फत चीन गएका हुन्।
पुनको स्वास्थ्य अवस्था सामान्य रहेपनि चीनबाट फर्किनुअघि चिकित्सकले दुई महिनापछि फलोअपमा आउन भनेकाले उपचारका लागि गएको घर्तीले बताइन्। फलोअप उपचारका लागि पुन पत्नीसहित चीन गएका हुन्।
सोहि जहाजमा प्रमुख सचेतक गुरुङसमेत कुटनीतिक राहदानी प्रयोग गरी बेइजिङ गएका हुन्। उनको भ्रमणलाई माओवादी केन्द्रले भने गोप्य राखेको छ।
चीनले वाम एकताका लागि मध्यस्थ गरिदिने भनिरहेको बेला एमाले उपाध्यक्ष विष्णु पौडेलसहितका नेताहरु चीनमै छन्। चीनको कुन्मिङमा भएको इकोनोमिक कोअपरेशन एण्ड कल्चरल एक्सचेन्समा सहभागी हुन एमाले नेताहरु चीन गएका छन्।
पौडेलसहितको टोली चीनमा रहेका बेला माओवादी केन्द्रका नेताहरु पनि चीन गएका हुन्। उनीहरुले चीनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओसँग द्वीपक्षीय र बहुपक्षीय भेटवार्ता गर्ने बताइएको छ।
चीनले नेपालका कम्युनिष्ट शक्तिहरुलाई एक हुन आग्रह गर्दै आएको छ। नेकपाभित्र आन्तरिक कलह चर्किएको समयमा पनि नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले सक्रियता बढाएकी थिइन्।
सर्वोच्च अदालतको २०७७ फागुन २३ गतेको एमाले र माओवादीबीचको एकता बदर गर्ने फैसलापछि दुई पार्टीलाई मिलाउन चीनको सक्रियता भइरहेको छ।
निर्वाचन नजिकिइरहेको समयमा चीनले पुनस् एकपटक फुटेका कम्युनिस्ट शक्तिहरुलाई एक बनाउने प्रयास गरेको छ। नेपालका दुवै कम्युनिष्ट पार्टीका नेताहरुको चीन भ्रमणलाई अर्थपूर्थ रुपमा हेरिएको छ।
चिनियाँ विदेशमन्त्री वाङ यी पनि तीन दिने भ्रमणका लागि नेपाल आउँदै छन्। नेपालमा पछिल्लो पटक भइरहेका राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको चीनले आफ्नो बलियो उपस्थिति जनाउन राष्ट्रपति सीले विशेष दूत बनाई वाङलाई नेपालको तीनदिने भ्रमणमा पठाएका हुन्।
नेपालमा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), परराष्ट्रमन्त्री खड्कालगायत शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने कार्यसूची छ।
चीन सरकार शेरबहादुर देउवा नेतृत्वको सरकारसँग ढुक्क छैन। कांग्रेस सभापति देउवा नेतृत्वको यो सरकार चीनविरोधी र अमेरिका–भारत पक्षधर रहेको चिनियाँहरूको बुझाइ छ। कांग्रेसले चीनलाई सहयोग नगर्ने उनीहरूको बुझाइ हो।
नेपालका कम्युनिष्ट शक्तिहरू एक हुन भन्ने चिनियाँहरूको कसरत जारी रहेको छ। उनीहरूले नेपालका कम्युनिष्टहरूको एकतालाई चीनको आवश्यकताका रूपमा समेत लिएका छन्।
‘नेपालका कम्युनिष्टहरू फेरि एकपटक मिलेर चुनाव लड्नु अहिलेको अपरिहार्य आवश्यकता हो’, चिनियाँ अधिकारीले भने, ‘बेइजिङले चाहेको पनि त्यही नै हो। कम्युनिष्ट शक्ति मिलाउन हामी माध्यम बन्न तयार छौं।
चिनियाँ राष्ट्रपति सी जिङपिङले नेपालका कम्युनिष्ट पार्टीहरूलाई विदेशमन्त्री यीमार्फत यही सन्देश पठाउने हो।’