नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन नटुट्ने बताएका हुन्। आज सोमबार रोल्पाको सातदोबाटोमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले गठबन्धन टुटाउन चलखेल भइरहेको भए पनि नटुट्ने उनले बताएका हुन्।
रोल्पाको सातदोबाटोमा झन्डै ६ करोडमा बनाइएको ‘जनयु’द्ध स्मृति टावर’को उद्घाटन समारोहमा बोल्दै प्रचण्डले सो गठबन्धनसँग मिलेर निर्वाचनमा जानुपर्ने बताएका हुन्।
१२ बुँदे समझदारीका सहयात्री र शान्ति सम्झौताका हस्ताक्षर कर्ता गठबन्धनलाई कायम राखेर आगामी निर्वाचनमा नयाँ रेकर्ड बनाउन लागेको भन्दै अध्यक्ष प्रचण्डले तीनै तहको निर्वाचनमा गठबन्धन हुने बताए।
त्यस्तै, प्रचण्डले रोल्पाका सयौं सहि’दहरुले रग’त बनाएर देशमा संघीय लोकतान्त्रिक गण्तन्त्रको स्थापना भएको बताए। ‘जनयु’द्धको आधार इलाकाको रुपमा यहाँका सहितहरुले रग’त बगाएर आज नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र भएको हो।
समावेशी, समानुपातिक लोकतन्त्रको रुपमा सबै उत्पीडित वर्ग, जाती, क्षेत्र, लिंग, सुमदाय हक अधिकार संविधानमा व्यवस्थित गरिएको छ।’ प्रचण्डले भने, ‘यदी रोल्पाले त्यो भूमिका नखेलेको भए आज नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र हुन सम्भव थिएन।’
भ्यूटावरको सोमबार प्रचण्डले उदघाटन गरेका हुन्। रोल्पा पुगेका प्रचण्डले २ हजार ५५ मिटर उचाइमा बनाइएको ११२ फिट अग्लो भ्यूटावरको उद्घाटन गरेका हुन्। यो टावरको लागत चार करोड ७६ लाख ८७ हजार ६६५ रुपैयाँ रहेको रोल्पा नगरपालिकाले जनाएको छ।