पार्टी नेतृत्वसँग असन्तुष्ट रहँदै आएका एमाले नेता डा। भीम रावल चुनाव केन्द्रित अभियान लिएर गृहजिल्ला अछाम पुगेका छन् । अध्यक्ष केपी शर्मा ओलीका कारण पार्टी कमजोर भएको सार्वजनिक टिप्पणी गर्ने उनले गृहजिल्लामा आयोजित कार्यक्रममा भने चुनावपछि एमाले देशकै पहिलो पार्टी हुने दाबी गरेका हुन् ।
एमाले साँफेबगर नगरपालिका वडा नम्बर ४ मष्टामाण्डौंको भेलामा बोल्दै उनले जनताले आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा एमालेलाई दुई तिहाई मतका साथ देशकै पहिलो पार्टी बनाउने जिकिर गरेका हुन् ।
नेपाली काँग्रेसले ७० वर्षअघि नै कोशी,गण्डकी, महाकालीजस्ता राष्ट्र घाती स न्धि गरेर मुलुकलाई धो का दिएकाले जनताले उसलाई भोट नहाल्ने बताए ।
काँग्रेसले देशका कलकारखाना कौडीको मूल्यमा बेचेर अप राध गरेको आरोप लगाउँदै उनले अहिले वि रोध गर्नुपरेको पनि प्रष्ट पारे । कपडा कारखाना,कागज कारखाना,इँट्टा र जुत्ता कारखानाजस्ता कलका रखानाहरु काँग्रेसले कौडी को मूल्यमा बे चेको रावलको आरोप छ ।
काँग्रेसका केही नेताले नेपाली जनतालाई धनी बनाउनुको सट्टा विदेशीको चाकरी गरेर धोका दिएको उनको भनाइ छ ।

