नेकपा माओवादी केन्द्रसहितको पाँच दलीय गठबन्धनलाई लिएर प्रमुख सत्तारुढ नेपाली कांग्रेसमा दोहोरी चलेको छ। तीन दिनदेखि पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्य समिति बैठकमा सभापति शेरबहादुर देउवा र इत्तर समूहका नेता डा। शेखर कोइरालाबीच दोहोरी चलेको हो।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट विस्थापित गर्न बनेको पाँच दलीय गठबन्धनलाई आगामी स्थानीय तह निर्वाचनमा पनि लैजान देउवा दृढ रहेको अवस्थामा इत्तर समूहले प्रश्न उठाएको हो। बैठकको सुरुदेखि नै प्रधानमन्त्री समेत रहेका देउवा गठबन्धन गरेर जानुपर्ने अडान छन् भने कोइराला पहिले पार्टीभित्रै एकता कायम गर्नुपर्ने मत राखिरहेका छन्।
यस्तो अवस्थामा तेस्रो दिनको केन्द्रीय कार्य समिति बैठकमा डा।कोइरालाले आगामी निर्वाचनमा माओवादीसहितको गठबन्धनको औचित्यमाथि प्रश्न उठाए। उनले कांग्रेसभित्रकै रुष्ट नेता कार्यकर्तालाई सम्बोधन नगरी गरिने गठबन्धन प्रत्युत्पादक हुन सक्ने चेतावनी पनि सभापति देउवालाई दिएका छन्।
‘आगामी निर्वाचनका लागि गठबन्धन किन गर्नेरु केका लागि गर्नेरु’, कोइरालाले देउवातिर प्रश्न सोझ्याए,’पार्टीभित्रैका रुष्ट कार्यकर्तालाई सम्बोधन नगरी कसरी गठबन्धनमा अघि बढ्न सकिन्छरु’ उनले प्रमुख प्रतिपक्षी नेकपा एमाले अझै पनि बलियो रहेको भनेर सभापति देउवाले कार्यकर्ताको मनोबल गिराउने काम गरेको पनि आरोप बैठकमा लगाए।
‘सभापतिले एमाले अझै बलियो भनेपछि कार्यकर्ताको मनोबल कसरी बढाउनुरु’, उनले सोधे,’कांग्रेसको नीति र सिद्धान्तलाई तिलाञ्जली दिएर कसरी माओवादीलाई बोक्न सकिन्छ रु’
१४ औँ महाधिवेशनमा देउवासँगै सभापतिमा पराजित कोइरालाले बोलेपछि देउवानिकट नेता बालकृष्ण खाँणले आफ्ना कुरा राखे। उनले पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्मैका लागि बनेकाले त्यो सहमति तोड्न नहुने अडान लिए।
‘हाम्रो नेतृत्वमा सरकार बन्ने बेलामै तीनै तहको चुनावमा गठबन्धन हुने भनिएको थियो’, उनले देउवाको पक्ष लिँदै भने, ‘त्यो सहमति कांग्रेसले तोड्न हुँदैन।’ खाणले पनि गठबन्धनका नाममा आफ्नो संगठन अलगथलग पार्न नहुने तर्क पनि बैठकमा राखे। खाणले बोलिसके लगत्तै देउवाले शेखरलाई दिन थाले। उनले आफूले कांग्रेसको सिद्धान्त कहिले पनि नतोड् प्रतिवद्धता पनि जनाए।
‘म कांग्रेसको सिद्धान्त कसरी तोड्छु। माओवादीलाई मैले ल्याएको हो कि माओवादीलाई मैले ल्याएको होरु’, उनले भने, ‘हिजो गिरिजाबाबुलाई प्रश्न गर्न सक्नु भयो रु अहिले मलाई चाहिँ माओवादीलाई बोक्यो भन्ने रु’
उनले २०७४ को निर्वाचनमा गठबन्धन नगरी कांग्रेस एक्लै लड्दा हारेको कुरा पनि डा। कोइरालालाई सम्झाए। ‘हिजो गठबन्धन नगर्दा तपाईंहरू पनि हार्नु भएको होइनरु’, उनले भने, ‘म पनि बालबाल जितेको हो नि१ हिजो पनि तपाईंहरूले यसरी नै बोलेर गठबन्धन बन्न नसकेको होइनरु’
स्मरणीय कुरा २०७४ को संघीय संसद निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ मा नेकपा एमालेका लालबाबु पण्डितसँग कांग्रेसका डा। शेखर कोइराला ६ सय ७५ मतले पराजित भएका थिए।
उनले कोइरालालाई जवाफ दिने क्रममा कांग्रेसको नीति नसिकाउन पनि सुझाए। ‘मलाई कांग्रेसको नीति सिद्धान्तबारे नसिकाउनुस्’, कोइरालालाई जवाफका क्रममा देउवाले भने, ‘म कांग्रेसका लागि जीवन काटेको मान्छे हुँ।’