भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री शेरबहादुर देउवाले तीन दिने भारत भ्रमण गर्ने भएका छन्। प्रधानमन्त्री देउवा र उनकी पत्नी डा। आरजु देउवाले चैत १८ देखि २० गतेसम्म भारतको औपचारिक भ्रमण गर्न लागेका हुन ।
भारतको विदेश मन्त्रालयले सामेवार प्रेस रिलिज जारी गर्दै देउवाको वारेमा जानकारी दिएको छ। प्रधानमन्त्री देउवाले पदभार ग्रहण गरेपछिको यो पहिलो द्विपक्षीय विदेश भ्रमण हुनेछ। प्रधानमन्त्रीसँगै उच्चस्तरीय प्रतिनिधिमण्डल समेत भ्रमणमा सहभागि हुने मन्त्रालयले जनाएको छ।
देउवाले भारतीय प्रधानमन्त्रीसँग वार्ता गर्नेछन् । नयाँदिल्लीमा औपचारिक कार्यक्रमका साथै देउवाले उत्तर प्रदेशको वाराणसीको पनि भ्रमण गर्नेछन् ।
भारत र नेपालबीच सदियौं पुरानो र विशेष मित्रता तथा सहयोगको सम्बन्ध रहेको जनाउँदै मन्त्रालयले हालका वर्षहरूमा, साझेदारीले सहयोगका सबै क्षेत्रमा उल्लेखनीय वृद्धि भएको पनि जनाएको छ।
यो भ्रमणले दुई पक्षलाई यो व्यापक सहकारी साझेदारीको समीक्षा गर्ने र दुई देशका जनताको हितका लागि अगाडि बढाउने अवसर प्रदान गर्ने मन्त्रालयले जनाएको छ। चुच्चे नक्सा बुच्चे बनाउन भारतको चेतावनी पनि रहेको जानकारहरुको दाबी रहेको छ ।
तत्कालिन केपी ओली नेतृत्वको सरकारकाले चुच्ने नक्सा पारित गरी भारतलाई थर्काएकोमा भारतीय प्रधानमन्त्री नरेन्ँद्र मोदीले देउवासँग यसुबारे वार्ता गरी कुरा मिलाउने भित्री तयारी गरेका छन् ।
यसअघि अमेरिकी सहयोग परियोजना एसमीसी लामो समयदेखि संसदमा अड्किएर रहेको थियो भने देउवाले पूरै बल लगाएर साहसका साथ पास ग।रेका छन् । यसबाट उनको अन्तर्राष्ट्रिय छवि उचो भएको कांग्रेसी नेता कार्यकर्ता बताउछन् ।