नाबालिका बला’त्कार अभियोगमा पुर्प’क्षका लागि थु ना’मा पठाइएका अभिनेता पल शाहले जिल्ला अदालत तनहुँको आदेशविरुद्ध उच्च अदालत पोखरामा निवेदन दिएका छन् ।
आफूलाई पु’र्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत तनहुँको आदेश बदर गरी थुनामुक्त गर्न माग गर्दै शाहले मंगलबार निवेदन दिएका उच्च अदालत पोखराका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिए ।
जिल्ला अदालत तनहुँले गरेको आदेश बेरीतको रहेको भन्दै शाहले तारेखमा रि’हा गर्न माग गरेका उनले बताए ।
‘पल शाहलाई थु’नामा पठाउने जिल्ला अदालत तनहुँको आदेश बदर गरी पाऊँ भनेर यहाँ निवेदन परेको छ,’ सूचना अधिकारी आचार्यले भने ।
अब उच्च अदालत पोखरामा जिल्ला अदालत तनहुँले गरेको आदेश ठीक हो वा होइन भन्ने विषयमा बहस हुने आचार्यले जानकारी दिए । ‘अब यस विषयमा फेरि यहाँ बहस हुन्छ । त्यसपछि तनहुँको आदेश ठीक हो वा तारेखमा छोड्नुपर्ने हो, आदेश हुन्छ,’ उनले भने ।
अभिनेता पल शाहले म्युजिक भिडियो सुटिङका क्रममा आफूलाई फका’इफुलाइ पटकपटक जब’र्ज’स्ती कर’णी गरेको भन्दै एक नाबालिग गायिकाले फागुन ११ गते जिल्ला अदालत तनहुँमा उ’जुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा शाह फागुन १५ गते प’क्राउ परेका थिए ।
जिल्ला अदालत तनहुँले चैत १० गते पुर्प’क्षका लागि थु’नामा पठाउन आदेश दिएको थियो । उनका म्यानेजर कृष्ण जोशीलाई भने एक लाख धरौ’टीमा छाड्न आदेश दिएको थियो ।