मेडिकल व्यवसायी तथा एमाले नेता दुर्गा प्रसाईले आगामी निर्वाचनमा एकीकृत समाजवादीले एक सिट पनि नजित्ने दाबी गरेका छन् । भक्तपुरमा आफ्नै लगानीमा निर्माण गरिएको अर्गानिक तरकारी बजारको बुधबार उद्घाटन कार्यक्रममा उनले नेकपा एसले एक सिट पनि नजित्ने दाबी गरेका हुन् ।
उनले भने,’अरुको भन्दिन माओवादी र नेकपा एस भन्ने नक्कली कम्युनिष्ट पार्टीहरूले नेपालको कुनै पनि निर्वाचन क्षेत्रबाट एक मात्र पनि सिट जितेछन् भने मेरो सम्पूर्ण सम्पत्ति तिनीहरूले इच्छ्याइएको व्यक्तिको नाममा पास गरेर सन्यास ग्रहण गरेर बृन्दावन जानेछु ।
मेरो यही भनाइलाई प्रमाण मानेर दाबी लिए पुग्छ ।’ नेपालको कम्युनिष्टको नाममा रहेका बेइमानी र कुठाराघात गर्ने काम मात्र गर्दै आएको उनको दाबी छ ।
जनतासँग गरेको बाचा पूरा गरेको छु- दाहाल
पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले पहिलो पटक प्रधानमन्त्री हुँदा ल्याएको जनता तटबन्ध कार्यक्रम कार्यान्वयनमा आएको बताएका छन् ।
नारायणी नदी नियन्त्रण आयोजनाको शिलान्यास गर्दै उनले अब नारायणी नदी किनारका जनता त्रासबाट मुक्त भएको बताए ।
बर्खा लागेपछि पानी पर्दा नारायणी नदीमा बाढीको बहाव आउँदा काठमाडौं बस्दा पनि डुबान, कटान के भयो होला रु त्यस भेगका नागरिक मतदाता के गर्दै होलान् भन्ने चिन्ता रहिरहने गरेको बताउँदै उनले आफूले जनतासँग गरेको वाचा पुरा गरेको समेत बताए ।
नारायणी नदी नियन्त्रण तथा तटबन्ध कार्यक्रम सम्पन्न हुँदा यो क्षेत्र सहर र विकासको केन्द्र हुने बताए । नारायणी नदी नियन्त्रण आयोजनाको शिलान्यास हुनु चितवन जिल्लाकै गौरबको बिषय भएको उनले बताए ।