नेकपा ९(एमाले) सल्यानस्थित त्रिवेणी गाउँ कमिटीका उपसचिव मंगल रेउलेले पार्टी परित्याग गरेका छन् । उनी पार्टी त्यागेलगत्तै नेकपा ९एकीकृत समाजवादी० मा प्रवेश गरेका हुन् ।
उनले एमाले विचार र सिध्दान्तविहीन पार्टी हुँदै गएकाले परित्याग गरेको बताए । ‘एमाले व्यक्तिगत स्वार्थमा तल्लिन भएको, पार्टीको नेतृत्वमा स्वेच्छाचार,दम्भ, घमण्ड बढेको साथै अधिनायकवादी ढंगले चलेको हुँदा देश र जनताको पक्षमा काम गर्न नसक्ने उक्त पार्टी केपी पार्टी हो,’ रेउलेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
आफू देश र जनताको पक्षमा काम गर्ने, कम्युनिष्ट आन्दोलनको रक्षाको लागि अघि बढेको नेकपा एकीकृत समाजवादीको यात्रामा सरिक भएको उनको भनाइ छ ।
रेउलेले एमालेबाट विद्रो ह गरेर एकीकृत समाजवादीको आगामी आन्दोलनमा लाग्ने निर्णय गरेको पनि जनाएका छन् ।
एमालेबाट निर्वाचित वडाध्यक्ष एकीकृत समाजवादीमा प्रवेश
नुवाकोट वेलकोटगढी नगरपालिका– १ का वडा अध्यक्ष सुब्बा तामाङ नेकपा ९एकीकृत समाजवादी०मा प्रवेश गरेका छन् ।
सोमबार वडाध्यक्ष तामाङसहितका एक सय बढी नेताकार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । वडाध्यक्ष तामाङ नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् ।
उनीहरुलाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले टिका र खादा लगाएर स्वागत गरेका थिए ।
विभिन्न पार्टी परित्याग गरी प्रवेश गर्नेहरुमा शिक्षक आन्दोलनका अगुवा श्रीराम पाण्डेदेखि नेकपा एमाले, नेपाली कांग्रेस लगायतका नेता–कार्यकर्ता रहेका छन् ।
पार्टी प्रवेश गराउँदै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीलाई वडा, टोल र गाउँगाउँमा गएर संगठित गर्न अपिल गरेका छन् ।
‘अब छिट्टै स्थानीय तहको चुनाव आउँदै छ, तपाईँहरु गाउँगाउँ गएर कलमको प्रचार गर्नुस्,’ अध्यक्ष नेपालले भने । कलम न्याय र ज्ञानको प्रतीक भएकोले सबैमाझ यसको प्रचार गर्नुपर्ने उनको जोड छ ।
नवप्रवेशीले पार्टीलाई जनतामाझ लैजान महत्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता गरे । पछिल्लो समय समाजवादीमा प्रवेश गर्नेहरुको संख्या भने दिनानुदिन वृद्धि हुँदै गएको छ ।