नेपालको राजनीतिमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सबैभन्दा अस्थिर नेता हुन् भन्ने पटकपटकका घटनाक्रमले पुष्टि गरेको छ ।
तर, त्यही अस्थिर र दोगला चरित्रलाई उनले परिवर्तनकारी चेत भन्दै पार्टीका नेता कार्यकर्ताको दिमाग भुटिरहेका छन् । यस्तै दोहोरो चरित्र प्रचण्डले बिहीबारको बालुवाटार बैठकमा पनि प्रस्तुत गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा प्रचण्डले कांग्रेसले आफूले मागे जति हैसियत नदिए फेरि पनि एमालेसँग चुनावी तालमेल हुनसक्ने ध म्की दिए ।
उनले एमालेसँग तालमेल हुने रहस्य मात्र खुलाएनन्, आफ्ना नेता र एमालेका नेताहरूबीच राति १२ बजेसम्म पनि चुनावी गठबन्धन कसरी गरेर जाने भन्ने गोप्य बैठक जारी रहेको पनि सुनाए ।
प्रचण्डको यो घुर्कीपछि नेपाली कांग्रेसमा झन् तालमेल नगर्ने मत बलियो बन्न पुगेको छ । ०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेससँग केही ठाउँमा तालमेल गरेको माओवादीले सरकारमै रहेका बेला त्यसबेलाको प्रमुख प्रतिपक्षी दल एमालेसँग प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा वाम तालमेल गरेको थियो ।
प्रचण्डले बिहीबार पहिलेकै घटना दोहोर्याउने चेतावनी दिएका हुन् । उनले चितवनमा आफू र भरतपुर महानगरपालिकामा आफ्नी छोरी रेणु दाहालको राजनीति बचाउन घुर्की दिएको आमकांग्रेसीको बुझाइ छ ।
कांग्रेस केन्द्रीय समिति बैठकले आवश्यकताका आधारमा पार्टीले बहुमत स्थानमा जित्ने गरी चुनावी तालमेल गर्ने नीतिगत निर्णय गरेको थियो ।
सो निर्णयपछि पनि कांग्रेसमा अझै तालमेल गर्न नहुने मत बलियो नै छ । बरु जति सिट जितिन्छ एक्लै चुनावमा जानुपर्ने तर प्रचण्डको घुर्की सहन नहुने कांग्रेस नेता कार्यकर्ताको सल्लाह र सुझाव छ ।