स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै विभिन्न पार्टी त्याग गरेर नेकपा (माओवादी केन्द्र) प्रवेश गर्नेहरुको लर्को लागेको छ । शनिबार काठमाडौंस्थित पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा जनता समाजवादी नेपाल (जसपा) सोलुखुम्बुका अध्यक्ष एवं एक नम्बर प्रदेश कमिटी सदस्य गान्दिभ किराती माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
नेकपा ९(माओवादी केन्द्र) जिल्ला समन्वय समिति सोलुखुम्बुका अध्यक्ष असिम राईका अनुसार जनता जसपा सोलुखुम्बुका अध्यक्ष गान्दिभ किरातीको नेतृत्वमा लक्ष्मण बस्नेत, जीवन राईलगायत सयौं नेता–कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
उनीहरुलाई अध्यक्ष पार्टी पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वागत गरेका थिए । किराँती जिल्लाको सोताङ गाउँपालिकाका स्थानीयबासी हुन् ।
थुलुङ दूधकोशी गाउँपालिका अध्यक्ष असिम राईले भनेका छन्, ‘जनता समाजवादी नेपाल (जस०) सोलुखुम्बुका अध्यक्ष एवं एक नम्बर प्रदेश कमिटी सदस्य गान्दिभ किरातीको नेतृत्वमा लक्ष्मण बस्नेत, जीवन राईलगायत सोलुखुम्बुका सयौं नेता–कार्यकर्ताहरु हाम्रो महान तथा गौरवशाली पार्टी माओवादी केन्द्रमा समाहित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !’