बयान फेरेको भनेर अछाम जिल्ला अदालतबाट साढे तीन वर्ष कै’द स’जायको आदेश पाएकी किशोरीलाई आरो’पित युवकले यौ’न शोष’ण मात्र होइन, कु’टपिट पनि गरेको खुलेको छ ।
किशोरीमाथि ज्यादती भए पनि आ’रोपित जिल्लाभित्रकै भएकाले समाजका भद्रभलादमी बसेर बकपत्र फेर्न किशोरीलाई ‘उ’र्दी’ दिएको पनि पुष्टि भएको छ । एकातिर प्रभावशालीहरू र अर्कोतिर निरक्षर आमाछोरी भएको मुद्दामा अदालतले पनि सुविधाजनक बाटो खोज्दा पी’डितलाई पी’डा थपिएको छ ।
आइतबार जिल्ला अदालतबाट भएको फैसलाबारे किशोरीलाई बिहीबारसम्म थाहा थिएन । सानैमा खुट्टा भाँ’चिएको र मुटुको पनि स’मस्या भएकाले औषधि लिन अस्पताल आएका बेला फैसला थाहा पाएपछि हतासिएकी उनलाई अहिले मंगलसेनको सुरक्षित आवास गृहमा राखिएको छ ।
आफूमाथि भएको धोका र अत्याचारको व्यथा बिहीबार पोखेकी उनले शनिबारको भेटमा थप विवरण खोलेकी छन् । उनको भनाइलाई पुष्टि गर्दै गाउँका जनप्रतिनिधि र शिक्षकले समेत किशोरीमाथि अन्याय भएको प्रतिक्रिया दिएका छन् ।
बिहेका लागि माग्न घरमै आएका बेला किशोरीलाई ‘अब तमी मेरो श्रीमती होइ’ भन्दै शारीरिक सम्बन्ध राखेको युवकले त्यही राति भागौं भनेर आधा बाटोसम्म हिँडाएको किशोरीको भनाइ छ ।
‘केटो बम्मै थ्यो, मुलाई बिहे गर्ने भनेर बम्मैबाट आयाको भन्थ्यो, फोनमा पनि हाम्रो कुडा हुन्थ्यो,’ उनी भन्छिन्, ‘आफूले माया गरेको केटाले श्रीमती होइ भन्यापछि मु पनि पछि पछि लाग्या हुँ । राति नै घरबाट निस्केर गैरीटाड र विनायकको बीचको जंगलमा पुगेपछि उसले साथीहरूलाई अगाडि जाऊ भन्यो । ’
मिलापत्र गर भनेर समाजले नै ‘निर्णय’ गरेको र युवकले पनि थुनाबाट फोन गरेर अब पक्का बिहे गर्छु भनेकाले प्रभावित भई किशोरीले बयान फेरेको बताउँछन्, स्थानीय प्रधानाध्यापक हेमन्त खतिवडा । उनका अनुसार सिंगो गाउँ विपक्षमा उभिएर किशोरीको आत्मबल कमजोर बनाएको हो ।
‘शारी\रिक सम्बन्ध राखेपछि जंगलमा अलपत्र छोडेको भए पनि केटा पनि जिल्लाकै भएकाले फेरि मिल्नुपर्छ र विवाह गर्नुपर्छ भन्ने विषयमा छलफल भएको हो । किशोरीको पक्षमा बोल्ने म मात्रै थिएँ । समाजबाट गल्ती भएकै हो,’ उनी भन्छन् । कान्तिपुर दैनिकबाट ।