काठमाण्डौ – सिंगटी हाइड्रो इनर्जी लिमिटेडले सर्वसाधारणका लागि आज अर्थात् चैत ६ गतेबाट आईपीओ सार्वजनिक गरेकी छ । कम्पनीले सर्वसाधारणका लागि २६ करोड ९७ लाख रुपैयाँ बराबरको २६ लाख ९७ हजार कित्ता शेयर निष्काशन गर्ने छ ।
कम्पनीले सिंगटी खोलाजलविद्युत आयोजना(२५ मेगावाट)को उत्पादन सुरु गरिसकेको छ भने यही आर्थिक वर्षमा करिब १२ करोड नाफा गरिसकेको छ । यसरी हेर्दा कम्पनीको शेयरमा लगानी गर्नु औसत जोखिम राखेको अनुमान लगाउन सकिन्छ ।
कम्पनीले दोस्रो चरणमा कुल २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता शेयर निष्काशन गरेकोमा जसमध्ये २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात १ लाख ४५ हजार कित्ता सामुहिक लगानीकोषहरुका लागि छुट्याएको छ ।
बाँकी रहेको २६ लाख ९७ हजार कित्ता शेयर सर्वसाधारणमा बाँडफाँड हुनेछ । यसअघि स्थानियहरुको लागि शेयर विक्रि खुल्ला गरेको कम्पनीले अब भने सर्वसाधरणको लागि आईपीओ सार्वजनिक गर्न लागेको हो ।
कम्पनीको आइपीओमा छिटोमा चैत ६ गतेदेखि १० गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा सबै शेयर बिक्री नभए ढिलोमा चैत २० गतेसम्म आवेदन दिन पाइने व्यवस्था छ।
कम्पनिको शेयरमा अधिक आवेदन पर्ने निश्चित छ त्यसैले पनि यो कम्पनीको शेयरमा केबड 10 कित्ता मात्र शेयर आवेदन दिनु उपयुक्त हुने देखिन्छ । यो कम्पनीमा पनि दश लाख भन्दा धेरैले आवेदन दिने अनुमान गरिएको छ ।