संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले होटेल आनन्दका विषयमा पाटन उच्च अदालतले सेटिङमा आदेश दिएको टिप्पणी गरेर न्यायालयको मानहानी गरेका छन् ।
ग्यालेक्सी टेलिभिजनमा अन्तर्वार्ताका क्रममा मन्त्री आलेले अदालतको आदेशलाई सेटिङ भनेका हुन् ।
‘आज अचानक चाइने ३ बजे त्यो पत्र आउँदाखेरी सम्मानित अदालत प्रभावित होला भनेर कल्पना समेत त म गर्न सक्दैन’, मन्त्री आलेले भने, ‘तर यो आदेश आउँदा एकदमै दुःख लागेको छ ।’
‘यो विषयमा भोलि हामी छलफल पनि गर्छौं । तयारीको लागि हामीलाई समय चाहिएको थियो । तर, पत्र चाहिँ आज ३ बजे बुझाइयो के सबैभन्दा दुःख लाग्दो कुरा’, आलेले भनेका छन्, ‘यो पनि सेटिङमै भएको जस्तो मलाई लाग्छ ।’
‘होइन पत्र १० बजे आउनुपर्ने होइन पत्र रु अदालतलाई मैले सम्मानित अदालतलाई त्यो दोष आरोप लगाउन खोजेको होइन । जुन चाइने १७ गते भएको निर्णय दुबै पक्षलाई बोलाएर छलफल गर्ने भनिसकेपछि आज नआएर अस्तिनै पत्र आउनु पर्ने थियो । १७ गते आएन’, आलेले भने, ‘आज पत्र आउँदाखेरी १०र११ बजे आउनुपर्ने थियो । तर, पत्र ल्याइयो कति बजे भने ३ बजे ल्याइयो ।’
पशुपति धर्मशालाको बारेमा अदालतले सेटिङ गरेको र अदालतको पत्र बुझाउने समयप्रति चित्त दुखेको कुरा बोलेर मन्त्री आलेले न्यायालयमाथि गम्भीर आरोप लगाएका छन् । न्यायालयमाथि मन्त्री जस्तो जिम्मेवार व्यक्तिले लगाएको आरोप एकदम गल्ती छ ।
न्यायालयमाथि आस्था बढाउने बेला मन्त्री आलेले न्यायालयको मानहानी गरेर संविधानको उल्लंघन गरेका छन् । मन्त्री आलेले पशुपति धर्मशालाको फैसलामा न्यायालयमाथि लगाएको आक्षेपमा उनलाई मानहानी मुद्धा लाग्न सक्नेछ ।
मन्त्री आलेले पशुपति विकास कोषको तर्फबाट आफ्नो ब्यक्तिगत रकम नै दिई सोमबारको बहसको लागि अधिवक्तामा सुशील पन्त, शम्भु थापा र बद्री कार्की तथा पशुपति धर्मशालाको तर्फबाट अधिवक्ता रमन श्रेष्ठ, उद्धव केसी, हरिहर दाहालले बहस गर्नेछन् ।
ग्यालेक्सी टिभीमा मन्त्री आलेले सम्झौता बमोजिम ३५० वटा बेड हुनुपर्ने तर, बतासले जम्मा १५० वटा मात्रै बेड बनाएको भनि साफ झुटो बोलेको तथ्य पनि बाहिर आएको छ ।
कोषसँग बतास समूहले गरेको सम्झौतामा यति वटा बेड हुनुपर्छ भनि लेखेकै छैन । यत्रो महिना भईसक्दा पनि कुनै कर्मचारीलाई स्पष्टीकरण सोध्ने वा कार्बाही गर्ने कुनै काम मन्त्री आलेले गरेका छैनन् ।
बरु सम्झौता भङ्ग गरी केहि महिनामा ‘नाथम’लाई संचालन गर्न दिने र ३ महिनापछि पुनः टेण्डर गरि धनगढीमा होटेल चलाएका एक ब्यापारीलाई दिने गरि आलेले वार्ता गरेको स्रोतको भनाइ छ ।