जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, माओवादी केन्द्रका नेता वर्षमान पुन र राप्रपा नेतृ रेखा थापाबीच सोमबार विमानस्थलमा जम्काभेट भेट भएको छ।
विमानस्थलमा तीन जना एक साथ बसेको सेयर गर्दै भट्टराईले सामाजिक सन्जाल ठट्टा गरेका छन्।
एक ताका माओवादीमै रहेका तीनै जनाबीचको जम्काभेटपछि बाबुरामले लेखेका छन्- ‘नलाऊ माया दुइतिर।।’ भनेर गीत गाउनेहरू तीनतिर पो भइयो भन्ने हॅासो पनि चल्यो!’ पूर्व प्रधानमन्त्री भट्टराईले काठमाण्डौको मेयरमा उठ्ने संकेत गरेका छन् । उनी नगरको मेयर उठ्ने चर्चा बढेको छ ।
कुनै समय एकसाथ रहेका उनीहरू अहिले तीन वटा पार्टीमा छन्। पुन माओवादीमै रहे पनि भट्टराई जसपा र रेखा थापा राप्रमामा लागेकी छन्।
मलाई आफ्नै जीवनकालमा काठमाडौंबाट रेल चढेर रसुवा र दिल्ली जान मन छ – ओली
प्रमुख प्रतिपक्षी दल (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै जीवनकालमा सुरुङमार्गबाट चार मिनेटमा नुवाकोट पुग्न र रेलबाट रसुवा जाने इच्छा रहेको बताएका छन् ।
सोमबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधनका क्रममा ओलीले आफूलाई आफ्नै जीवनकालमा सुरुङमार्गबाट नुवाकोट, काठमाडौंबाट रेल चढेर रसुवा र दिल्ली जान मन भएको बताएका हुन् ।
“हामी टनेल यात्रामा प्रवेश गरेका छौँ । डिकिङ वाटरका लागि मात्रै नभएर इरिग्रेसन, रोडलगायत क्षेत्रमा हामी टनेल युगमा प्रवेश गरिसकेका छौँ । अब हामी पहाड छेडेर पारिपट्टि बाटो निकाल्छौँ,” उनले भने, “म केही दिनमा नुवाकोट जाँदै छु ।
टोखा छहरे छेड्नै पाइएन । छेड्न पाएको भए म चार मिनेटमै नुवाकोट पुग्ने थिए । अहिले नुवाकोट पुग्न मैले अढाइ घन्टा लगाउनुपर्ने हुन्छ । टोखाबाट नुवाकोट चार मिनेटमा फुत्त पुगिन्थ्यो नि १ तर, त्यो हुन सकेन ।
मलाई आफ्नै जीवनकालमा सुरुङमार्गबाट नुवाकोट, काठमाडौंबाट रेल चढेर रसुवा र दिल्ली जान मन छ ।”