चर्चित अभिनेता पल शाहवि’रुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जब’र्जस्तीकरण जाहेरी दर्ता गर्दा ग’म्भीर आरो’पहरु लागेका छन् । १७ वर्षीया एक बालगायिकाकी बुवाले आफ्नो छोरीलाई कर’णी गरेको आरोपमा अभिनेता शाहवि’रुद्ध प्रहरीमा जाहे’री दिएपछि यस प्रकरणले रंगिन दुनियाँमा हलचल मच्चायो ।
मिडियादेखि सामाजिक सञ्जालमा पल शाहकै समाचारले प्राथमिकता पाए । एक चर्चित अभिनेता भएका कारण पनि यस प्रकरणले हलचल मच्चाउनु स्वभाविकै थियो । यद्यपि, यस प्रकरणले पछिल्लो रंगिन दुनियाँको पर्दा’फास पनि गरेको छ ।
यस्तो छ घटना क्रम –
– मिति २०७७/०६/२२ गते काठमाडौंमा ‘पिपलु वर’ गीतको म्युजिक भिडियोको सुटिङको क्रममा पहिलो पटक भेटघाट भइ फेसबूक आईडी र फोन नम्बर एकापसमा आदान–प्रदान गरेको ।
– मिति २०७७/१२/३१ गते बागलुङ जिल्लामा आयोजित ‘गलकोट महोत्सव’मा जाँदा प्रतिवादी पूर्ण विक्रम शाह, दुर्गेश थापा, योगेश काजी, सम्राट चौलागाईं, कृष्ण जोशी लगायतका कलाकारसँग एउटै गाडीमा गएको ।
– ‘गलकोट महोत्सव’ सकाएर फर्कने क्रममा बाल गायिका (पीडित) र प्रतिवादी शाह एउटै सिटमा यात्रा गर्ने क्रममा बाल यौ’न दू’ब्यवहार गरी संवेद’नशील अं’ग चलाउने, जिस्काउने, समात्नेलगायतका कार्य गरेको ।
– मिति २०७८-०१-०२ गते पी’डित बालिका काठमाडौंस्थित आफ्नो कोठामा बस्न सुरु गरेकी र प्र’तिवादी शाहसँग सामान्य भेटघाट गर्दै आएको ।
– लकडाउनको हल्ला चलेपछि पीडित बालिका आफ्नो घर फर्किएकी र त्यसको एक सातापछि प्रतिवादी शाहले ‘सुटिङको लागि पोखरा आउँदै छु, तिमीलाई भेट्छु’ भनी लोखरास्थित लेकसाइडमा बोलाएर भेटघाट गरेको ।
– २०७८-०१-१४ गते साँझ १९ः०० बजे पोखराबाट काठमाडौं फर्कने क्रममा तनहुँको शुक्लागण्डकी नगरपालिका–दुलेगौडास्थित प्रदीप थापाको घरमा ‘विवाह गर्छु, धोका दि’न्न’ भन्दै असहमति हुँदाँदै पनि जब’रजस्ती क’रणी गरेको ।(अन्तिमपटक)
– त्यसको भोलिपल्ट ढोर बाराही मन्दिरसमेत घुमाएको र दुलेगौंडाको सुटिङ सकाएरर काठमाडौं फर्किएको ।
– यसअघि मिति २०७७/०९/१० गते पोखरास्थित होटल प्राइम र मिति २०७७/१२/०७ गते चितवनस्थित गैडाकोट रिसोर्टमा पनि ज/बरजस्ती क/’रणी गरेको ।