नवलपुर-नाबालिग गायिकालाई ब’लात्कार गरेको अभि’योगमा पुर्प’क्षका लागि थुना’मा रहेका नायक पल शाहलाई झिकाइएको छ । तनहुँ कारा’गारबाट थुन’छेक बहसका लागि नवलपुर लगेको कारागारका निमित्त प्रमुख नारायण अधिकारीले बताए ।
मंगलबार विहान ७ बजे पछाडी कारा’गारको टोलीले उनलाई नवलपुर लगेको हो । नवलपुर अदालतले बयान र थुन’छेक बहसका लागि उपस्थित गराउन पत्राचार गरेपछि पठाएको उनको भनाइ छ ।
‘अदालतको प्रक्रियाअनुसार थुन’छेक बहस सकिएपछि फेरी तनहुँ ‘कारागार ल्याइनेछ’, उनले भने । नवलपुर जिल्ला अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले शाहलाई तनहुँबाट झिकाइएको पुष्टि गरे ।
उनले भने, ‘केहीबेर अगाडि आउनुभएको छ ।आजै बयान लिएर सकियो भने थु’नछेक बहस सुरु हुन्छ ।’
क्षेत्रीका अनुसार गोला थुतेर कसको इजालसमा पर्छ भन्ने पनि टुंगो लागिसकेको छैन । ‘गोला थुतेर कसको इजालसमा पर्छ । त्यसपछि इजालस अधिकृतले बयान लिएर सकेपछि थुनछेक बहस सुरु हुनेछ’, उनले भने ।
३ चैतमा सरकारी वकिलको कार्यालय नवलपुरले अदालतमा मु’द्दा दायर गरेको सूचना अधिकारी क्षेत्रीले जानकारी दिए । जिल्ला अदालत तनहुँले शाहलाई थुनछेक बहस सकाएर १० चैतमा पु’र्पक्षका लागि थुना’मा पठाउने थुन’छेक आदेश दिएको थियो ।
जिल्ला अदालत तनहुँको आदेशवि’रुद्ध पल उच्च अदालत पोखरा पुगेका छन् । उच्च अदालतले निवदेन उपर पहिलो सुनवाई गर्दै तनहुँ जिल्ला अदालतबाट कैफियत प्रतिवेदन माग गरिसकेको छ ।
सुरुमा तनहुँ प्रहरीमा उजुरी परे पनि फेरि पलवि’रुद्ध नवलपुरमा पनि उजुरी परेको थियो ।