नेकपा एमालेमा प्रवेश गरेको २४ घण्टा नपुग्दै धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटी ‘हरि’ नेकपा माओवादी केन्द्रमै फर्किएका छन् ।
२०७४ सालको स्थानीय चुनावमा डल्लाकोटी माओवादीबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए । उनी सोमवार एमाले अध्यक्ष केपी शर्मा ओलीबाट टीका लगाउँदै एमाले प्रवेश गरेका थिए ।
मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘मभित्र क्ष णिक आ क्रोश र आ वेगमा आई राजनीतिक रूपमा ग म्भीर गल्ती कमजोरी हुन गई समग्र पार्टी, बेनिघाट रोराङ्ग र धादिङको पार्टीपंक्तिमा पर्न गएको क्षतिप्रति गम्भीर रूपमा आत्माआलोचना गर्न चाहन्छु ।’
उनले आफू आगामी दिनमा माओवादी केन्द्रमा रही पार्टीको निर्णयअनुसार निरन्तर क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।
वैशाख ३० गतेका लागि निर्धारित स्थानीय निर्वाचन नजिकिँदै गर्दा पार्टी अदलबदल गर्ने क्रम बढेको छ ।