स्वास्थ्य मन्त्रालयको अस्पतालको मुल्यांकन गर्ने न्यूनतम सेवा मापदण्डको आधारमा नुवाकोटस्थित त्रिशुली अस्पताल उत्कृष्ट भएको छ। सरकारी मुल्याङ्कन टोलीले दिएको नम्बरको आधारमा त्रिशुली अस्पतालले सबैभन्दा धेरै नम्बर प्राप्त गरेको हो।
अस्पतालको स्थलगत अवलोकन र मुल्याङ्कनमा त्रिशुली अस्पतालले ८८ प्रतिसत अङ्क प्राप्त गरी उत्कृष्ट नतिजा निकालेको हो। यस अघि भक्तपुर अस्पतालले ८२ प्रतिसत ल्याएर उत्कृष्ट अस्पताल भएको थियो।
स्वास्थ्य सेवा विभागका नर्सिङ तथा सामाजिक सेवा महाशाखा प्रमुख रोशनीलक्ष्मी तुईतुईको नेतृत्वमा स्वास्थ्य सेवा विभागका डा पवन साह, बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा अर्जुन सापकोटा र निक साइमन्स इन्स्टिच्युटका विज्ञ सुशिल बस्नेत सम्मिलित टोलीले अस्पतालको दुई दिने स्थलगत मुल्यांकन गरेको थियो।