काठमाण्डौ –विभिन्न कम्पनीहरुले प्राथमिक शेयर(आईपीओ) जारी गरिरहेको अवस्थामा अर्को एक लघुवित्त कम्पनीले पनि शेयर निष्कासन गर्ने भएको छ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई आईपीओ जारी गर्ने भएको छ ।
शेयर निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । शेयर निष्कासनका लागि जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रभु क्यापिटलबीच शुक्रबार समझौता भएको छ ।
जाल्पाले ५ लाख २२ हजार कित्ता साधारण शेयर निश्कासन गर्ने भएको छ । धितो पत्र बोडबाट अनुमति पाए पछि मात्र आईपीओ निष्कासन हुनेछ । आईपीओ न्यून भएकाले निकै कमलाई मात्र पर्नेछ ।
संस्थाको हाल १० करोड ७८ लाख चुक्ता पूँजी रहेकोमा थप ५ लाख २२ हजार कित्ता सर्वसाधारणलाई साधारण शेयर निश्कासन गरेपश्चात चुक्ता पूँजी १६ करोड हुनेछ । जाल्पाले हाल २० जिल्लामा लघुवित्त व्यवसाय सञ्चालन गरिरहेको छ । जाल्पाको प्रधान कार्यालय कास्की जिल्लाको पोखरा महानगरपालिकाको सिमलाचौरमा रहेको छ ।