बेँसीशहर–चामे सडकअन्तर्गत नासो गाउँपालिका–३ खोत्रोमा ट्रक ख’स्दा छ जनाको मृ’त्यु भएको छ। बेँसीशहरबाट मनाङ जाँदै गरेको ध१ख ५९२ नंको ट्रक शनिबार सडकखण्डबाट ५० मिटर तल मर्स्याङ्दी नदीमा खस्दा छ जनाको मृ’त्यु भएको जिल्ला प्र’हरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताए।
ट्रक टु’र्घ’टना हुँदा तीन जनाको घ’टना’स्थलमै मृ’त्यु भएको थियो। मनाङस्थित नासो गाउँपालिका–४ का ३५ वर्षीया मनिषा गुरुङ, सोही वडाका ३६ वर्षीय जलकाशी गुरुङ र सात वर्षीया लिउन गुरुङको घ’टना’स्थलमै मृ’त्यु भएको प्र’हरीले जनाएको छ।
त्यस्तै मनाङस्थित चामे गाउँपालिका–४ का २८ वर्षीया धनमान विक र लमजुङ मस्र्याङ्दी गाउँपालिका–५ घेर्मुका २१ वर्षीय लक्ष्मण नेपालीको लमजुङ बेँसीशहर नगरपालिका–८ मा रहेको जिल्ला अस्पतालमा उपचारका क्रममा शनिबार राति मृ’त्यु भएको प्रहरी निरीक्षक पुनले बताए।
उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुर लगिएका नासो–१ का तीन वर्षीय थियोन गुरुङको पनि उपचारका क्रममा मृ’त्यु भएको प्रहरीले जनाएको छ। ट्रक चालक तनहुँ भानु नगरपालिका–३ का २४ वर्षीय सुमन तामाङ र नासो–३ धारापानीका सात वर्षीय मेल गुरुङको उपचार भइरहेको प्रहरी निरीक्षक पुनले बताए।
उनीहरु दुवैको अवस्था ग’म्भीर रहेको प्र’हरीले जनाएको छ। चालक तामाङको टा’उकोमा चो’ट लागेको छ भने सात वर्षीय गुरुङको नदेखिने गरी भित्री चो’ट लागेको प्र’हरीले जनाएको छ । ट्रकमा आठ जना सवार रहेको प्र’हरीको भनाइ छ।