बागमती प्रदेश सरकारले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर बढाएको छ । नेपाली नयाँ वर्षदेखि लागू हुने गरी बागमती प्रदेश सरकार अन्तर्गतको श्रम, रोजगार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायातको भाडादर बढाएको हो ।
मन्त्रालयले यही चैत २४ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातको भाडा समायोजना गरेको जनाएको छ । मन्त्रालयका अनुसार अब चढ्ने वित्तिक्कै २० रुपैयाँ तिर्नुपर्ने छ । अब यात्रुहरूले ५ किलोमिटरसम्मको भाडा २० रुपैयाँ तिर्नुपर्ने छ । यस्तै, ०–१० किलोमिटरमा २५ रुपैयाँ, ०–१५ किलोमिटरमा ३० रुपैयाँ तथा ०–२० किलोमिटरमा ३३ रुपैयाँ बुझाउनुपर्ने छ । २० किलोमिटरभन्दा धेरै दूरीमा यात्रा गर्ने यात्रुले ३८ रुपैयाँ तिर्नुपर्ने छ ।
नेपालको संविधानको अनुसूची-६ मा उल्लेख भएको एकल अधिकार सूची, नेपाल सरकारले गरेको कार्यविस्तृतीकरण प्रतिवेदनको प्रदेश एकल अधिकारको अनुसूची-६ विस्तृतीकरणको बुदाँ नं. ७.३ यातायात (परिवहन) को उपवुदा नं.७.३.१ ७.३.२, ७.३.३, ७.३.४, ७.३.५ र ७.३.६ मा भएको व्यवस्था र
प्रदेश भाडा निर्घारणरसमायोजन तथा विद्युतीय माध्यमबाट भाडा भुक्तानी नियमावली, २०७८” को नियम ६ को उपनियम (२) मा भएको व्यवस्था बमोजिम २०७९र०१र०१ देखि लागू हुने गरी बागमती प्रदेश भित्र सञ्चानल हुने सार्वजनिक सवारी साधनको भाडादर देहाय अनुसार हुने गरी मन्त्रालयको मिति २०७८/१२/२४ माननीय मन्त्रीस्तरको निर्णयानुसार समायोजन गरिएको हो ।
साथै पछिल्लो पटक भाडा समायोजन गर्दा आधार मानिएको मूल्यको तुलनामा पेट्रोलियम पदार्थको वजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढी वा घटी भएमा सोही बमोजिम प्रदेश भित्र सञ्चालन हुने सवारी साधनको भाडा समायोजन हुनेछ ।



