काठमाडौं । नेपाल इन्फ्रास्ट्रकर बैंक (निफ्रा)ले बण्ड जारी विषय सहि भएकाे र यसकाे थप प्रकृया बढिरहेकाे भन्दै नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)लाई जवाफ दिएको छ । ३० मिलियन डलरको बण्ड जारी गर्ने विषयमा नेप्सेले स्पष्टिकरण सोधेसँगै बैंकले चैत ८ गते साे जवाफ दिएको हो ।
३० मिलियन डलरको बण्ड जारी गर्ने विषय बैंकको रणनीति भित्रकै एक हिस्सा रहेकाे भन्दै बैंकले साे सम्बन्धमा सम्बन्धित नियमनकारी निकायबाट पनि सहमति तथा स्वीकृति लिइसकेको बताएको । साथै, यसलाई अन्तिम रुप दिनको लागि चाहिने थप सहमति तथा स्वीकृतिहरु छिटो भन्दा छिटो तोकिएको व्याजदरमा बण्ड जारी गर्ने निफ्राले जानकारी गराएको छ ।
साथै, लगानीकर्तालाई लाभांशको दिने विषय के भन्ने नेप्सेको प्रश्नमा बैंकले लगानीकर्तालाई ८ प्रतिशत लाभांश वितरण गर्ने कम्पनीको प्रक्षेपण रहेको पनि बताएको छ ।
यो पनि पढ्नुहोस् माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले आजैदेखि आफ्नो उत्पादन परिक्षण गर्न लागेको छ । आयोजनाले आजदेखि आगामी १६ गतेसम्म बाँध, इन्टेक, बालुवा थिग्राउने पोखरी, गेट स्टपलगायत हेडवक्र्सको परिक्षण गर्न लागेको जानकारी दिएको हो ।
आयोजनाका अनुसार उक्त आयोजनाबाट गरिने परिक्षणका लागि बाँधमा पानी पपठाउने र छोड्ने गरिनेछ । जसका कारण बाँध आसपास मानवीय कार्य जस्तै पौडी खेल्ने, लुगा धुने, माछा मार्ने, वस्तुभाउ लैजाने कार्य बन्द गनै आह्वान गरिएको छ ।
बाँधको तल्लो तटिय क्षेत्रहरु लामाबगर, छेतखेत, मान्थली, टुनीटार, जगतलगायतका क्षेत्रहरुमा नदीको पानी धेरैपटक घटबढ हुने बताईएको छ । बाँघमार्फत कुनैबेला ठुलो मात्रामा पानी छोड्नुपर्ने भई तल्लो तटीय क्षेत्रमा अप्ठ्यारो अवस्था सिर्जना हुने बताएको छ ।
यसका लागि आयोजनाले सुनकोशी दोभानसम्म तामाकोशीले छोएका सबै गाउँपालिकाहरुलाई पनि उक्त सूचना पठाईसकेको जानकारी दिएको छ । यो आयोजना नेपालकै इतिहासमा अहिलेसम्मको सबैभन्दा ठूलो स्वदेशी योजना हो । विद्युत् क्षमता ४५६ मेघावाट रहेको यस परियोजनाबाट वार्षिक २ अर्ब १९ करोड युनिट विद्युत् उत्पादन हुने बताइएको छ ।