काठमाण्डौ – उत्कृष्ट सिर्जनाहरु सार्वजनिक गर्दै आइरहेको शुभारम्भ डिजिटलले भर्खर मात्र नयाँ गीत माईली सार्वजनिक गरेको छ । खेम सेञ्चुरी र सुनिता बुढाको आवाज रहेको सो गीतमा नेत्र अर्यालले शब्द सिर्जना गरेका छन भने गायक सेञ्चुरीकै लय सिर्जना रहेको छ ।
गीतको अडियो र भिडियो निकै उत्कृष्ट र दमदार रहेको छ । माया प्रेमलाई विषय बनाई तयार पारिएको सो गीत विनोद बाजुरालीले संगीत संयोजन गरेका छन । निता ढुङ्गाना र विपेश घिमिरे साथै सुरविर पण्डित समेतको अभिनय रहेको गीतलाई सुनिल क्षेत्रीले दमदार निर्देशन गरेका छन ।