पाकिस्तानका निवर्तमान प्रधानमन्त्री इमरान खानविरुद्ध प’क्राउ आदेश जारी भएको छ । प्रधानमन्त्री पदबाट हटेको २४ घण्टा नबित्दै उनीवि’रुद्ध पक्रा’उ आदेश जारी भएको हो ।
हिजो संसदमा विश्वासको मत गुमाएका खानवि’रुद्ध पाकिस्तानी सेनाले पक्रा’उ आदेश जारी गरेको पाकिस्तानी मिडियाले जनाएका छन् ।
सर्वोच्च अदालतले सदर गरेको विपक्षीहरूले ल्याइएको अविश्वासको प्रस्तावमाथि शनिबार मध्यरातपछि मतदान गरिएको थियो ।
यति मात्र नभई, सेनाले खान सरकारका मन्त्री तथा उच्च पदस्थ अधिकारीहरूलाई देश नछाड्न पनि आदेश दिएको छ। खान निवासमा आज बिहान छा’पा मा’रिएको छ । हिजो नै खान सरकारी निवास छाडी आफ्नो निवासमा आएका थिए ।
पाकिस्तानको संसद्ले सोमबार नयाँ प्रधानमन्त्री चयन गर्नेछ । नयाँ प्रधानमन्त्रीले अर्को चुनावको मिति अर्थात् सन् २०२३ को अक्टोबरसम्म सत्ता सम्हाल्नेछन् ।

