अमेरिकामा राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यरिसभन्दा भूतपूर्व राष्ट्रपति लोकप्रिय देखिएका छन् । आगामी सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा पुनः उम्मेदवार बन्न सक्ने सम्भावना रहेका ट्रम्प एउटा सर्वेक्षणमा बाइडेन र ह्यारिसभन्दा अगाडि देखिएका हुन् ।
उत्तरी क्यारोलिनामा हिजो आयोजित एउटा र्यालीमा ट्रम्पले आफ्ना समर्थकहरूलाई सम्बोधन गर्ने क्रममा सोधे, ‘आगामी निर्वाचनमा मैले पुनः उम्मेदवारी दिएको हेर्न चाहने को को हुनुहुन्छ रु,’ उनको प्रश्न पूरा हुन नपाउँदै समर्थकहरुले ट्रम्पलाई समर्थन गर्दै चिच्याएका थिए ।
त्यसपछि उनले राष्ट्रपति जो बाइडेन प्रशासनलाई, ‘एकपछि अर्को अपमा नजनक आ त्मसमर्पण,’ गरेको आ रोप लगाए । उनले अमेरिकासँग सबैभन्दा बलियो आ णविक क्षमता भएकाले यतिखेर आफू राष्ट्रपति भएको भए रुसलाई आण विक पनडुब्बीको धम्की दि ने सनस नीपूर्ण धारणा राखेको थिए ।
अप्रिल महिनाको प्रारम्भमा अमेरिकामा द हिलले गरेको चुनावी सर्वेक्षणले ट्रम्प सन् २०२४ को आगामी राष्ट्रपति अभियानको म्याचअपमा बाइडेन र उपराष्ट्रपति कमलाभन्दा अगाडि भएको देखाएको छ ।

