नेपाल आउन लागेका भारतीय नायक सलमान खानको सुरक्षाका लागि आयोजकले १५ सय सुरक्षाकर्मी माग गरेका छ ।
जेठ १४ गते काठमाडौँको दशरथ रंगशालामा हुन लागेको कन्सर्टका लागि नेपाल आउन लागेका खानको सुरक्षाको लागि आयोजकले सरकारसँग १५ सय जना सुरक्षाकर्मी माग गरेको हो ।
‘ए मेरो हजुर ४’मा जी-बबले गाएको गीत ट्रेन्डिङको शीर्ष स्थानमा
जी-बब नामले परिचित सुदीप भण्डारीले चलचित्र ‘ए मेरो हजुर ४’ मा गाएको र्याप गीत युटयुब ट्रेन्डिङको शीर्ष स्थानमा पुगेको छ । ‘मिलेन लेबल तेरो बाउ बोला ए’ र्याप गाएर चर्चामा जी(बबले गाएको गीत सार्वजनिक भएको छोटो समयमा नै युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा पुगेको हो ।
जी बबकै शब्द र स्वर रहेको गीतमा हुक लाइन लिरिक्स भने सुरेन्द्र गुरुङ ९हाकिम०ले दिएका छन् । गीतमा जी बबसँगै सुहाना थापा र अनमोल केसीलाई देख्न सकिन्छ । र्याप ब्याटलमा जी बबले गाएको ‘मिलेन लेबल तेरो बाउ बोला ए’ शब्द निकै भाइरल भएको थियो ।
शनिबार सार्वजनिक गीत पनि सोही र्यापबाट प्रभावित छ । हाल गीतको सानो अंशमात्रै सार्वजनिक गरिएको हो । पूरा गीत भने दर्शकहरुले हलमा मात्रै हेर्न पाउने निर्माण पक्षले जनाएको छ । झरना थापाको निर्देशन रहेको फिल्म ‘ए मेरो हजुर ४’ आगामी वैशाख १ गते रिलिज हुनेछ ।

