प्रेस काउन्सिल नेपालले पत्रकार ऋषि धमलालाई बयानको लागि बोलाएको छ । लिखित स्पष्टीकरण चित्त नबुझेको भन्दै काउन्सिलले पत्रकार धमलालाई बयान दिन बोलाएको हो ।
चैत २० गते प्रधान मन्त्री शेरबहादुर देउवा भारतबाट फर्किने क्रममा जहाजको संवेदशील ठाउँमा पुगेपछि काउन्सिलले धमलालाई स्पष्टीकरण सोधेको थियो । तर धमलाले बुझाएको स्पष्टीकरण चित्त बुझ्दो नभएपछि भोलि मध्यान्न १२ बजे बयानका लागि बोलाइएको हो ।
धमलाले स्पष्टीकरणमा आफूले गल्ती गरेको भए आत्मालोचना गर्न तयार रहेको बताएका छन् । जनतालाई छिटो समाचार दिँदा गल्ती भएको उनको स्पष्टीकरणमा उल्लेख छ ।
रमेश सिलवाल भन्छन्– शिक्षामा राजनीतिकरण बन्द हुनुपर्छ
हिसानका अध्यक्ष रमेश सिलवालले शैक्षिक संस्थाहरुलाई राजनीतिक दलहरुले राजनीति गर्ने थलो बनाउने नहुने धारणा राखेका छन् ।
हिजो राति प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले गुणस्तरिय र अन्र्तराष्ट्रिय शिक्षाका लागि निजि क्षेत्रबाट चाल्नुपर्ने कदम आफुहरुले चालिरहेको दाबी गरे ।
साथै, उनले शिक्षा क्षेत्रमा लगानी अनुसार २५ प्रतिशत संस्था मात्र नाफामा भएको भन्दै शिक्षामा व्यापारीकरण गरियो भन्नु गलत भएको बताए ।
यस्तै, उनले हिसानको महाधिवेशनले सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने बताए ।

