पाकिस्तान मुस्लिम लिग (नवाज) का नेता तथा पूर्वप्रधानमन्त्री नवाज सरिफका भाइ शाहबाज सरिफ पाकिस्तानको २३ औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।
उनलाई राष्ट्रिय सभाका १ सय ७४ सदस्यले मतदान गरेका थिए भने शाह महमूद कुरैशीले एक मत पनि पाएनन् । प्रधानमन्त्री पदका लागि पाकिस्तानको संयुक्त विपक्षी दलका उम्मेदवारका रुपमा शहबाज सरिफ विजयी भएका हुन् ।
पूर्व प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा पेश गरिएको अविश्वासको प्रस्ताव पारित भएपछि पाकिस्तानले शहबाजलाई नयाँ प्रधानमन्त्रीको रुपमा पाएको हो ।
शरीफका भाइ शाहबाज शरीफ पाकिस्तानको २३ औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । ७० वर्षीय शहबाज शरीफ पाकिस्तानको सबैभन्दा बढी जनसंख्या भएको पञ्जाब प्रान्तका मुख्यमन्त्री भइसकेका छन् ।
पाकिस्तान पिपुल्स पार्टीका सहअध्यक्ष आसिफ अली जर्दारीले प्रधानमन्त्री पदका लागि शहबाजको नाम प्रस्ताव गरेका थिए । शहबाज शरीफवि’रुद्ध लेनदेनस’म्बन्धी मु’द्दा चलिरहेको छ, जसको अर्को सुनुवाई अप्रिल २७ मा हुने छ ।
यसैबीच अदालतले उनलाई वैशाख २७ गतेसम्म प’क्राउ गर्न रो’क लगाएको छ ।
इमरान खानको सरकारले विश्वासको मत गुमाएपछि पाकिस्तानको संसद्ले नयाँ प्रधानमन्त्री चयन गर्न सोमबार मतदान गरेको थियो ।
मतदानमा उनले १ सय ७४ मत प्राप्त गरेका छन् भने अर्का उम्मेदवार शाह महमूद कुरैशीले एक मत पनि पाएनन् ।

