अफ्रिकी गायिकाले गाइन नेपाली चर्चित गीत ‘फूलबुट्टे सारी’ (भिडियो) काठमाडौँ, युगान्डाकी गायिका डे क्याप्टेन वियोन्से फाम्सीले नेपाली चर्चित गीत ‘फूलबुट्टे सारी’ गाएकी छिन् । वियोन्सेले संगीतकार तथा गायक राजनराज शिवाकोटीको गीत ‘फूलबुट्टे सारी’ कभर गरेकी हुन्।
डिका इन्टरटेन्टमेन्ट युट्युब च्यानलबाट रिलिज भएको यस गितको भिडियोलाई डिका गुरुङले निर्देशन, छायांकन र सम्पादन गरेका छन्।पछिल्लो समय नेपालमै रहेकी वियोन्सेले यस भिडियोमा अभिनय पनि आफैले गरेकी छिन्।
साथमा सेरा सेरा र राजु खड्काको प्रस्तुति रहेको छ। विभिन्न भर्सनमा निस्किएको यो गीत मिलन नेवार, अरिष्मा सिवाकोटी, मदन कृष्ण श्रेष्ठ लगायतको स्वरमा सार्वजनिक भएको छ ।