‘कुलमान हुँदा नभएको लोडसेडिङ अहिले किन ?’ विजय लामाकुनैबैला दैनिक १८ घण्टासम्म लोडसेडिङ खेपेको देश अब लोडसेडिङमुक्त बनेको छ । नेपाल विद्युत प्राधिकरणले कुलमान घिसिङको नेतृत्वमा नेपाललाई लोडसेडिङ्ग मुक्त देश बनाउन सफल भएको हो ।
प्राधिकरणले औद्योगिक क्षेत्रमा हुँदै आएको दैनिक तीन घण्टा लोडसेडिङ हटाएसँगै मुलुक लोडसेडिङ “फ्रि जोन” भएको थियो । तर अहिले फेरि बत्ति जान थालेको छ । कुलमानको बहिर्गमनसँगै लोडसेडिङ शुरु हुने धेरैले अनुमान गरेका थिए ।
अहिले लोडसेडिङ नै नभने पनि बेलाबेलामा बत्ति गइरहने भएकाले जनता फेरि आजित हुन थालेका छन् ।नेपाल वायु सेवा निगमका वरिष्ठ पाइलट विजय लामाले देशमा लोडसेडिङ शुरु हुन लागेको र जेनेरेटर माफियाहरु सलबलाउन थालेको भन्दै आक्रोश पोखेका छन्।
लामाले शनिबार फेसबुकमा एक स्ट्याटस लेख्दै देशमा लोडसेडिङ हुन थालिसकेको र त्यसो क्रम बढ्दो क्रममा देखिएको बताएका हुन्।नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशक कुलमान घिसिङका पालामा सुक्खा याममा पनि लोडसेडिङ नभएको उल्लेख गर्दै लामाले प्रकृति र भाग्यले मात्र कुलमानलाई साथ दिएको हो त ?
भनेर प्रश्न समेत गरेका छन्।जेनेरेटर माफियाहरू सल्बलाएर जनतालाइ पुरानै ठाउँमा पुर्याउँदैनन् भन्न नसकिने उनको भनाई छ। त्यस्तो अवस्थामा पुग्न धेरै समय नलाग्ने पनि लामा बताउँछन्।
लामाले फेसबुकमा लेखेका छन् – फेरि लोडसेडिङ सुरु हुन थालिसक्यो। बिस्तारै समय अवधि बढाउँदै जाँदै छ ! कारण देखाउँदा सुक्खा याम भएकाले पानीको सतह घटेर भन्ने गछ्रन्, विद्युत् प्राधिकरणको हाकिम साबले ! के कुलमान घिसिङको पालामा चाहिँ सुक्खा याम लागेन, अनि पानी टनाटन हुन्थ्यो हो?
प्रकृति अनि भाग्यले मात्र साथ दिएको हो त कुलमानलाई??? केही समयपछि फेरि इन्भर्टर अनि जेनेरेटर माफियाहरू सल्बलाएर आउँदैनन् अनि जनतालाइ पुरानै ठाउँमा पुर्याउँदैनन् भन्न सकिन्न ! यही चालाले पुर्याउन समय लाग्दैन।