काठमाडौं–पुँजी बजारमा लगानीकर्ताको आकर्षण बढिरहेका बेला नेपाल चिया विकास निगमले सर्वसाधारणलाई शेयर(आईपीओ) जारी गर्ने तयारी गरेको छ । कम्पनीले सर्वसाधारणलाई शेयर जारी गर्ने विशेष प्रस्ताव आगामी साधारण सभाबाट पारित गर्दैछ ।
२० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीमा नेपाल सरकारको ३५ प्रतिशत शेयर छ भने निजी क्षेत्रको ६५ प्रतिशत शेयर छ । कम्पनीले चैत २९ गते आइतबार साधारण सभा आयोजना गरेको छ । कम्पनीले के कति साधारण शेयर जारी गर्ने भन्ने अझै यकिन गरेको छैन ।
शेयर जारी गर्ने तयारी गरेको कम्पनीका अध्यक्ष सुभाष संघाइले बताए ।कम्पनी रजिष्ट्रार कार्यालयका अनुसार नेपाल चिया विकास निगम २०३० साल माघ ११ मा दर्ता भएको हो। तर २०५६ सालमा आएर सरकारले यसलाई निजीकरण तर्फ लगेको थियो ।
यो पनि पढ्नुहोस् काठमाण्डौ – साताको पहिलो दिने आईतबार नेप्से ६३ अंक भन्दा धेरैले बृद्धिभएको छ । योसँगै समग्र बजार २५ सय ३८ विन्दुमा पुगेको छ ।गत साताको बुधबारबाट बढ्न सुरु गरेको बजार त्यस यता निरन्तर उकालो लागिरहेको छ ।
आज २ सय ६ कम्पनीहरुको शेयरको खरिद विक्रिमा ६ अर्व हाराहारीको कारोबार भएको छ । अघिल्लो साताको तुलनामा यो साता यो धेरै कारोबार पनि हो । आज कारोबार भएका मध्य १ सय ३८ कम्पनीको शेयर मूल्य बढेको छ भने ३१ कम्पनीको शेयर मूल्य घटेको छ ।
त्यस्तै ८ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ । आज नेप्सेका अधिकांस उपसूचकहरुमा हरियो पोतिएको छ भने जीवन विमा सम्बन्धी उप सूचक सबै भन्दा धेरै बढेको छ । आज १० कम्पनीहरुको शेयर मूल्यमा सकारात्मक सर्किट लेवलमा कारोबार भएको छ भने नेपाल बंगलादेश बैकको सबै भन्दा धेरै कारोबार भएको छ ।
एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त मर्ज भएपछि उनीहरुको एकीकृरुपमा कारोबार आईतबारबाट सुरु भएको छ ।२०७७ श्रावण ३२ गते यी दुई संस्था बिच मर्जर सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भई २०७७ कात्तिक १९ गते नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त भएको थियो ।
कम्पनीले माघ ४ गते साधारण सभा समेत गरेर सो प्रक्रियालाई वैधानिकता दिएको थियो ।दुवै लघुवित्तको अहिले द्रोसो बजारमा समेत कारोबार रोक्का भएको छ । सम्पूर्ण प्रकिया पूरा गरेको कारण यही साताको अन्तिम सम्ममा कारोबार खुल्न सक्ने कम्पनीले जनाएको छ ।