आज साताको दोस्रो दिन सोमवार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबार तोलामा ५ सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा २ सयले घटेको हो । आइतबार प्रतितोला ८७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर तोलाको ८७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य २० रुपैयाँले घटेर १२ सय ६० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार चाँदी तोलमा १२ सय ८० रुपैयाँ कायम थियो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
यो पनि: यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर- नेपाल राष्ट्र बैंकले आज सोमबार लागि तोकेको विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११६ रुपैयाँ ३२ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ७५ पैसा र बिक्रीदर १३८ रुपैयाँ ४७ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ ५८ पैसा र बिक्रीदर १६१ रुपैयाँ ४१ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३१ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । अरू कुन देशको मुद्राको दर कति हेर्नुहोस्