विहीबार नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ धनगढी विमानस्थलको विशिष्ट कक्षमा पुगे । काठमाडौंबाट उनी पार्टी कार्यक्रमका लागि धनगढी पुगेका हुन् । उनलाई प्रदेश इञ्चार्ज खगराज भट्टले विमानस्थलमा स्वागत गरे ।
विशिष्ट कक्षमा पुगेलगत्तै प्रचण्ड पत्रकार सम्मेलनम व्यस्त भए । सोही कक्षमा माओवादी जनयुद्धका उनका सारथि लेखराज भट्ट पनि थिए । लेखराज हाल नेकपा ९एमाले०का सचिव छन् । कुनै समय प्रचण्डका विश्वासपात्र लेखराज काठमाडौं आउन विमानस्थलमा पुगेका थिए ।
आफ्नै पूर्वअध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डलाई लेखराजले अभिवादनसम्म नगरेको माओवादी नेता–कार्यकर्ता बताउँछन् । नेकपा विभाजनपछि एमालेमा लागेपछि प्रचण्डले लेखराजको चर्को आलोचना गरेका थिए ।
प्रचण्डले पत्रकार सम्मेलनमा बोल्दा लेखराज विशिष्ट कक्षबाट बाहिरिएका थिए । तर, माओवादी केन्द्र सुदूरपश्चिम इञ्चार्ज खगराज यो घटनालाई सामान्य रूपमा लिनुपर्ने बताउँछन् ।
उनले भने, “अध्यक्ष कमरेडलाई पनि लेखराजजी त्यहाँ भएको कुरा जानकारी थिएन । पत्रकारको भीड थियो सायद उहाँले पनि देख्नुभएन होला । यसलाई धेरै अन्यथा लिनु हुँदैन ।”

