काठमाडौं – पछिल्लाे समय नेपालमा साधारण सेयर (आईपीओ) प्रति सर्वसाधारणकाे आकर्षण बढ्दै गइरहेकाे छ । डिम्याट खाता खाेल्नेकाे संख्या पनि दिनानुदिन बढ्दाे छ । आईपीओ कै कुरा गर्नुपर्दा उत्पादन कम्पनीहरुले पनि साधारण सेयर (आईपीओ) निष्कासन गर्न थालेका छन् ।
शिभम सिमेन्टले आईपिओ जारी गरीसकेको छ भने सर्वाेत्तम सिमेन्टले बुक बिल्ङिबाट आईपीओ जारी गर्ने तयारी गरिरहेको छ । यसैबिच चौधरी ग्रुपले वाईवाई चाउचाउको पनि आईपीओ जारी गर्ने भएकाे छ । भारतमा पनि आईपीओ निष्कासन प्रकिया अगाडी बढिरहेको बेला नेपालमा पनि यसको आईपीओ निष्कासनबारे चर्चा चुलिएको हो ।
चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले पनि वाईवाई नेपालको सेयर बजारमा आउने बताएका छन् । चौधरीले वाईवाई नेपालको आईपीओ छिट्टै बजारमा आउने बताएका छन् । उनले एक अन्तरवार्तामा वाईवाई नेपालको आईपीओ बजारमा आउने बताएका हुन् । चौधरी ग्रुपमा आजसम्म कुनै लगानीकर्ताको लगानी डुबेको छैन् ।