आज मंगलबार शेयर बजार खुलेकाे केही समयमा नै महिला लघुवित्तकाे काराेबार भएकाे छ ।महिला लघुवित्तकाे २० कित्ता शेयर काराेबार भएकाे नेप्सेकाे फ्लाेरसिटमा देख्न सकिन्छ ।याेसँगै महिला लघुवित्तकाे शेयर मूल्य १८ अंकले बढ्दै ४८१ पुगेकाे छ ।
हिजाे कुनै काराेबार नहुँदा याे कम्पनीकाे मूल्य ओरालाे लागेकाे थियाे । अझैपनि नेप्सेकाे हाइ डिमाण्ड लिस्टमा महिला लघुवित्तकाे शेयर नै रहेकाे छ । २० कित्ता काराेबार भएपनि त्यसपछि बेच्न चाहने लगानीकर्ता एकजना पनि देखिएका छैनन् ।
यो पनि पढ्नुहोस् नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४ अंकले बढेको छ । आज नेप्से २५२८ अंकमा पुगेर बजार बन्द भएकाे छ ।आज साल्ट ट्रेडिङको कम्पनीकाे मूल्य १० प्रतिशतभन्दा बढीले उकालाे लागेकाे छ भने ७ कम्पनीकाे मूल्य ९ प्रतिशतभन्दा बढीले उकालाे लागेकाे छ।
चन्द्रागिरि हिल्स, रसुवागढी जलविद्युत, कालिका पावर, सान्जेन, वमी माइक्रोफाइनान्स, माथिल्लो तामाकोसी, रैराङ हाइड्रोपावरको मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ।
आज सबैभन्दा बढी पन्चकन्या माइ हाइड्रोपावरको मूल्य ४ प्रतिशतले घटेको छ।आज ५ अर्ब १४ करोड रुपैयाँको बराबरको शेयर काराेबार भएकाे छ । जसमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक अग्रस्थानमा रह्यो। कम्पनीको मूल्य ५४० रुपैयाँ पुगेको छ।