नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले एमाले नेता केशव स्थापितको ‘गेम इज ओभर’ भन्दै मेयरमा जित्छु भन्ने सपना नदेख्न आग्रह गरेका छन्। बिहीबार काठमाडौंको मेयरमा उम्मेदवार दिएकी सिर्जना सिंहको प्रतिबद्धतापत्र सर्वाजनिक कार्यक्रममा बोल्दै प्रवक्ता महतले यस्तो बताएका हुन्।
‘हाम्रो स्थापितजीको मैले सुनिरहेको थिएँ नोमिनेशन गरेर निस्किँदै गर्दा। गेम इज ओभर रे,’ उनले भने, ‘म भन्छु उहाँको गेम इज ओभर।’ वागमतीको पानी धेरै बगिसकेको भन्दै अब फेरि त्यो पानी फर्किन नसक्ने भन्दै स्थापितले चुनाव नजित्ने महतले दाबी गरे।
मतदाताहरुले त्यसै ‘आई लभ यू केपी बा’ भनेका होइनन्ः महासचिव पोखरेल
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्तरी प्रतिशतभन्दा बढी नयाँ मतदाताहरु आफ्नो पार्टीको पक्षमा उभिने दाबी गरेका छन्।
महासचिव पोखरेलले पार्टी अध्यक्ष केपी ओलीको राष्ट्र निर्माणको भिजनबाट धेरैजसो नयाँ मतदाताहरु आफ्नो पार्टीको पक्षमा उभिने अवस्था आएको तर्क समेत गरे।
स्थानीय तह निर्वाचनलाई केन्द्रित भएर पार्टीको सम्पर्क समन्वय कमिटीले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले ओलीको राष्ट्र निर्माणको भिजनले छोएकै कारण मतदाताहरुले ‘आई लभ यू केपी बा’ भन्ने गरेको बताए।
अब आउने स्थानीय निर्वाचनसहितका तीन वटै तहको निर्वाचनबाट आफ्नो पार्टीले सरकार बनाउने समेत महासचिव पोखरेलले दोहोर्याए।
महासचिव पोखरेलले सत्तारुढ काँग्रेस आफ्नो पार्टीसँग चुनावी प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगेको पनि बताए। काँग्रेससहितका सत्तारुढ दलहरुले आफ्नो पार्टीसँग एक्लै चुनावी लड्ने आँट गर्न नसकेको उनको भनाइ थियो।
महासचिव पोखरेलले स्थानीय तह निर्वाचनको चुनावमा सत्तारुढ दलहरुले एमालेसँग पराजित हुने डरले चुनावी गठबन्धन गरेको उल्लेख गर्दै एमाले मुलुकको सबैभन्दा ठूलो शक्तिको रुपमा स्थापित भईसकेको जिकिर गरे। उनले सत्तारुढ दलहरुले स्थानीय तह निर्वाचनमा उम्मेदवारी मनोनयन गर्दा नै निराशा प्रदर्शन गरेको बताए।

