स्थानीय निर्वाचन नजिकिँदै गर्दा विभिन्न राजनीतिक दलका चुनावी गीत आउने क्रम बढ्दो छ । यस्तैमा नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी० को चुनावी गीत ‘जनता जगाउने कलममा छाप लगाउने’ सार्वजनिक भएको छ ।
मुस्लिम इतेहाद संगठन नेपालले निर्माण गरेको गीतमा वामदेव गौतमका शब्द रहेको छन् । कृष्ण केसी र जुना श्रीष मगरको स्वर रहेको गीतमा कृष्ण केसीकै संगीत छ ।
गीतमा जनता जगाउने, विकासको लहर चलाउने समाजवादी पार्टी भएको बताइएको छ । कलममा छाप लगाउन समेत आग्रह गरिएको गीतमा समाजवादी देशभरि छाएको समेत उल्लेख छ ।
७ मिनेट १८ सेकेन्डको गीतको भिडियो समेत बनेको छ । भिडियोमा समाजवादी पार्टीका विभिन्न गतिविधिका समेटिएका छन् । समाजवादी पार्टी व्यक्तिवादी भन्दा बिचार वादी र नेता भन्दा नीति वादी रहेको समेत गीतमा उल्लेख छ ।
मिलन नेवारको नयाँ गीत सार्वजनिक
गायिका मिलन नेवारको स्वर तथा गीतकार गीता गिरीको शब्द रहेको गीत ‘हाँस तिमी’ सार्वजनिक भएको छ । विक्रम थापाको संगीत रहेको गीतमा विसन मानन्धरले संगीत संयोजन गरेका छन् ।
गीतको भिडियोमा निङ्लेखु र सन्तोष राईको अभिनय देख्न सकिन्छ । कुशल श्रेष्ठको निर्देशन रहेको भिडियो छायांकार श्रेष्ठले नै सम्पादन गरेका हुन् ।
गीतकार गिरीको यस अगाडि ‘ए पहरी फूल’ बोलको गीतले चर्चा कमाउन सफल भएको थियो । यो गीत पनि दर्शक स्रोताले रुचाउने गिरीको विश्वास रहेको छ ।

