सत्ता गठबन्धनले विभिन्न पालिकामा तालमेल गर्दै साझा उम्मेदवारी दिए पनि कांग्रेसको पूरै मत आफ्ना उम्मेदवारलाई आउनेमा सहयात्री दल माओवादी र एकीकृत समाजवादी ढुक्क देखिएका छैनन् ।
प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनपछि गठबन्धन टुट्ने दाबी गरिरहेकाले पनि सत्तारूढ दलहरू आपसमा सशंकित देखिएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सोमबार कैलालीको कैलारी गाउँपालिकामा आयोजित चुनावी सभामा स्थानीय प्रसंग उठाएर कांग्रेसका तर्फबाट अपेक्षाकृत सहयोग नभएको संकेत गरेका छन् । ‘गठबन्धन अझै प्रस्ट भएको देखिनँ ।
यहाँ ९कैलारी गाउँपालिका० का हाम्रो पार्टीका उम्मेदवारलाई जुनसुकै रूपमा भए पनि जिताउन अपिल गर्न चाहन्छु,’ दाहालले भनेका छन्, ‘यहाँ कांग्रेसको कसैले उम्मेदवारी दिएको छ, यो खा’रेज नहुने हो भने हामी एक्लै चुनाव लड्नुपर्छ ।
हाम्राविरुद्ध कुनै खालका धो’का, बेइमा’नी र ष’ड्यन्त्र स्वीकार्य छैन ।’ गठबन्धनबीच भागबन्डा हुँदा उक्त गाउँपालिका अध्यक्ष माओवादी र उपाध्यक्ष कांग्रेसको भागमा परेको थियो । सहमतिविपरीत कांग्रेसबाट अध्यक्षमा उम्मेदवारी परेपछि माओवादीले उपाध्यक्षमा पनि उम्मेदवारी दिएको छ ।
संविधान र लोकतन्त्रको रक्षा तथा मुलुकमा विकास र सुशासनका लागि पाँच दलीय गठबन्धन बनेको नेताहरूले दाबी गर्दै आएका छन् । तर स्थानीय निर्वाचनमा देशभर तालमेल गर्ने उनीहरूको प्रयास सफल भएन ।
तालमेल गरिएका कतिपय पालिकामा पनि माओवादी, एकीकृत समाजवादी र जसपाको भागमा परेको सिटमा कांग्रेसबाटै बागी उम्मेदवारी परेको छ ।
यसले सहयात्री दलका नेता असन्तुष्ट छन् । खास गरी कांग्रेसको संस्थापन पक्षले तालमेलको भावनाअनुसार आपसी सहयोगका लागि कोसिस गरे पनि शेखर कोइराला पक्षले असहयोग रहेको गठबन्धनका अन्य दलका शीर्ष नेताहरूको बुझाइ छ ।
‘कांग्रेसमा संस्थापनको कुरा मानेर हिँड्ने र नमान्ने पनि हुन्छ । यो पुरानै चरित्र हो,’ माओवादी नेता गणेश साहले भने, ‘अहिले म मधेस प्रदेशमा छु ।
यहाँ शेखरजीहरूको विरोध त छैन तर असहयोग देखिन्छ । त्यसले केही ठाउँमा भोटको मात्रा कम होला तर समग्रमा कांग्रेसकै मत तल झार्दिन सक्छ ।’ कान्तिपुर दैनिकमा समाचार छापिएको छ ।

