काठमाडौं । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ मा नेपाली कांग्रेसका उम्मेदवार पराजित भएका छन् ।
देउवाको वडासमेत रहेको वडा नम्बर १ रुवाखोलाको अध्यक्षमा कांग्रेसका पूर्व नेता कर्ण मल्ल नेतृत्वको कांग्रेस बीपीका नरेश भण्डारी विजयी भएका छन् । उनले ६७३ मत प्राप्त गर्दै कांग्रेस उम्मेदवारलाई पराजित गरेका हुन् ।
उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चन्द्रबहादुर देउवाले ५४४ मत पाएका छन् । उक्त वडामा कांग्रेस बीपीको प्यानल नै विजयी भएको हो ।
कांग्रेसबाट निष्कासित मल्ल समूहले बिपी कांग्रेसको करुवा चुनाव चिन्ह लिएर जिल्लामा देउवा नेतृत्वको काँग्रेससँगै प्रतिस्पर्धा गरिरहेको छ । डडेल्धुरामा बीपी कांग्रेसले नेकपा एमालेसँग तालमेल पनि गरेको छ ।
कांग्रेसबाट निष्कासित निवर्तमान पार्टी कर्णबहादुर मल्ल समूहले विपी कांग्रेसको करुवा चुनाव चिह्न लिएर जिल्लामा काँग्रेससँगै प्रतिस्पर्धा गरिरहेको छ ।

